देशभर ६८० पत्रकारलाई कोरोना संक्रमण

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार, देशभर संक्रमित भएका ६८० पत्रकारमध्ये अहिले २६० जना सक्रिय संक्रमित रहेका छन्। उनीहरूमध्ये ४० जनाको उपचार भइरहेको छ भने अन्य होम आइसोलेसनमा छन्। अस्पताल भर्ना भएकामध्ये पनि पाँच जनालाई आईसीयूमा राखिएको छ।

कोरोना संक्रमणबाट देशभरका सात जना पत्रकारले ज्यान गुमाएको महासंघले जनाएको छ। कोरोनाको पहिलो लहरमा ३०० पत्रकार संक्रमित भएका थिए।

महासंघका अनुसार, अहिले प्रदेश १ मा १८, प्रदेश २ मा नौ, बाग्मतीमा १४, गण्डकीमा सात, लुम्बिनीमा २७, कर्णालीमा ३० र सुदूरपश्चिममा ३० जना पत्रकार सक्रिय संक्रमित छन्। बाँकी सक्रिय संक्रमित पत्रकारहरू काठमाडौं उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा आबद्ध हुन्  । हिमाल खबर डटकमबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *