विशेष सम्पादकीयः‘महामारीमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ !

विशेष सम्पादकीयः‘महामारीमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ !

कोरोना भाइरस (कोभिड-१९) को प्रभाव गाउँ तथा शहरमा दिन दुई गुणा, र रात चौगुणा  फैलिएको छ । अहिले दैनिक ९ हजार वढी मानिसहरु कोरोना रोगबाट संक्रमित भईरहेका छन् । भने कोरोना भाइरस (कोभिड-१९) कारण मृत्यु हुनेको संख्यामा पनि उल्लेखीय  छ । पहिलो चरण भन्दा दोस्रो चरणको (कोभिड-१९)कोरोना भाईरस निकै शक्तिशाली रहेकाले यसले सबै उमेर समूहका मानिसहरुमा उतिकै संक्रमितका साथै ज्यान समेत लिएको छ ।

दक्षिणी छिमेकी देश भारतसँगै नेपालमा पनि कोरोना भाईरस (कोभिड-१९) दोस्रो चरण भुषको आगो सल्केझै गरी सल्कीएको छ । कारोना भाइरस (कोभिड-१९) को दोस्रो चरणको असर गाउँ, शहर जतातत्तै व्यापक रुपमा फैलिएको छ । कोरोना भाईरस (कोभिड-१९) दोस्रो चरण नियन्त्रण भन्दा बाहिर जान थालेपछि नेपालका अधिकाँस जिल्लाहरुमा अहिले आंशिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड-१९ को प्रभाव गाउँ तथा शहरमा दैनिक दुई गुणा, र राती चौगुणा रुपमा वृद्धि भएर फैलिएको छ । अहिले दैनिक ९ हजार वढी मानिसहरु कोरोना रोगबाट संक्रमित भईरहेका छन् । भने कोभिड-१९ कारण मृत्यु हुनेको संख्यामा पनि उल्लेखीय वृद्धि भएको छ । पहिलो चरण भन्दा दोस्रो चरणको (कोभिड-१९) कोरोना भाईरस निकै शक्तिशाली रहेकाले यसले सबै उमेर समूहका मानिसहरुमा उतिकै संक्रमितका साथै ज्यान समेत लिएको छ । अझ् नेपाल सरकारले सार्वजनिक गरेको तथ्यांङ्क हेर्ने हो भने बयस्क उमेर समूहका मानिसहरुमा यसको प्रभावित बनाएको छ । यसो भन्दै गर्दा बालवालिका र जेष्ठनागरिकहरुमा यसको असर छैनन् भन्न खोजिएको होइन् । कोभिड-१९ ले बालवालिका र बृद्धाहरुमा वढी प्रभावित बनाउँछ भन्ने हल्लाको यसले गलत सावित गरिदिएको छ । सबै उमेर समूहका मानिसहरुलाई यसले छोड्दैनन् । यसले सबै क्षेत्रका मानव जातीहरुमा निकै अप्ठेरो बनाएको छ ।

कोरोना संक्रमणमा अत्याधिक वृद्धि भएपछि अस्पतालका बेडहरु पाउँन मुस्किल छ । विरामीहरुलाई अत्यावश्यक पर्ने आईस्यू, भेन्टिलेटर, अक्सिजनको उस्तै समस्या छ । अस्पतालका बेड भरिदा कयौं संक्रमितहरु होम आइसोलेसनमै बसेर महामारी रुपमा फैलिएको कोरोना भाइरससँग जीवनमरणको लडाई लड्दै छन् । कतिले कोरोनासँगको लडाई हारीसकेका छन् । कोरोना जित्नेहरुले पनि कम्ती संर्घष गर्नु परेको छैनन् । कोरोना रोग लागेमा धन र ज्यानको पनि उस्तै क्षती गर्ने भएका कारण यसबाट जोगिन नागरिक स्वयम संयम, सजग र सुरक्षित हुन प्रयत्न गर्नु जरुरी छ ।

सरकारले जारी गरेको निषेधाज्ञा पूर्ण रुपमा पालन गरौं । कोरोना भाईरसबाट बच्न महत्वपूर्ण औषधी एकान्तबास र निषेधाज्ञाको पूर्ण पालन गर्नु, र स्वास्थ्य मापदण्डको परिपालन गर्नु नै भएकाले यसको पूर्ण पालन गर्नु हरेक नागरिकको कर्तव्य हो । रोग लागेर अस्पतालहरुका शय्यामा पुग्नु भन्दा रोग लाग्न नदिनु वुद्धिमानी हो । त्यसैले घरभित्रै बसौं, पटक-पटक सावुन पानीले हात धुऔं, भिडभाडमा नजाऔं, ताजा र पोशिलो खानेकुरा खाने गरौं । यदि घरबाहिर निस्कीनु परेमा नाक मुख छोप्नेगरी सर्जिकल मास्कको प्रयोग गरौं । त्यसैले कोरोना महामारीले उग्ररुप लिएको यस अवस्थामा चोक चौतारीमा कारोना रोगले कुरेर बसेको पो छ कि ! सचेत बनौं, स्वास्थ्य मापदण्ड पालना गरौं । एकान्तबासमा बसौं । अनावश्यक भिडमा नजाऔं । “महामारीबाट जीउ जोगाउनु, अनिकालमा बीउ जोगानु” मानव जीवनमा निकै महत्वपूर्ण मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *