देशभर थप ८४१८ जनामा कोरोना पुष्टि, ५३ को मृत्यु
रेखदेख संवाददाता
बैशाख २४, रुकुम । पछिल्लो २४ घण्टामा देशभर थप ८ जहार ४१८ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । यस्तै शनिवार ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रवार नेपालमा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका थिए ।

