सानीभेरी नदीमा पौडी खेल्दा एक बालकको डुबेर ज्यान गयो

रेखदेख संवाददाता
बैशाख १५, रुकुम ।
रुकुम पश्चिमको सानीभेरी नदिमा पौडि खेल्ले क्रममा एक वालकको डुबेर मृत्यु भएको छ । बुधबार दिउँसो मुसिकोट नगरपालिका वडा नम्बर ३ को गेरुढुंगा भन्ने स्थानबाट पौडी खेल्न क्रममा सानीभेरी नदिमा हाम फालेका पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ५ रुकुम पूर्वका १४ बर्षिय निशान घर्तिमगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक कपिल शाहिले जानकारी दिएका छन् ।

रुकुम पश्चिम स्थित त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसीकोटमा कक्षा ८ मा अध्ययनरत निशान अन्य ५ जना साथीहरुको साथमा पौडी खेल्न नदिमा गएका थिए । डुबेर उनको शव पानीमा पौडिन थालेपछि मात्र उनका साथीहरुले ज्यान गएको पत्ता पाएको प्रहरीले जनाएको छ । उनी अध्ययनको शिलशिलामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा बस्दै आएका थिए ।

कोरोना भाईरसको संक्रमण कारण बिद्यालय बन्द भएपछि वालवालिकाहरु साथीहरु सहित सानीभेरी नदिमा पौडी खेल्न गएका थिए । मृतक घर्तिको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको गरेको प्रहरी निरिक्षक शाहिले बताए । कोरोना संक्रमणका कारण विद्यालय बन्द भएपछि आफ्ना वालवालिकाहरुलाई विशेष हेरचाह गर्न प्रहरीले अभिभावकहरुलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *