दुर्गम गाउँमा जटिल बन्दै ‘कुपोषण’

  • साढे तीन वर्षमा १९५ वालवालिका कुपोषित
    प्रवीर ददेल
    बैशाख १३, रुकुम ।
    भुमे गाउँपालिका वडा नं.–१, लुकम गाउँका ज्वारलाल बुढा र पुजिमाया वुढाका २ वर्षिय छोरा पुजन बुढाको तौल ५ किलो मात्रै छ । उनी उठ्न बस्न र बोल्न सक्दैनन् । उनको शरिरमा मासु देखीदैन्, छाला र हाँड मात्रै छ । सामान्य अवस्था हुन्थ्यो भने अहिले उनीको १०–१५ किलोग्राम सम्म तौल हुन्थ्यो । उनी हिँडडुल गर्ने र तोते बोलीमा कुरामा समेत गरीरहेका हुन्थे । तर उनको अवस्था दयनिय छ । उनीलाई कुपोषणले ग्रसित बनाएको छ । उनको स्याहार–सुसार हुन नपाउँदै वुढा दम्पतीले अर्को सन्तान जन्माएका छन् । उनीहरुको काखमा अहिले अर्को २ महिनाको बच्चा पनि छ । तर २ महिनाको बच्चा पनि तन्दुरुस्त र फुर्तिलो छैन् ।
    भुमे गाउँपालिका –१, लुकुमकै ३२ वर्षिय धनमाया पुनका ८ सन्तान छन् । उनका ७ जना बच्चा बच्चीको अनुहार चाउरीएको छ । उनीहरु हिस्टफुस्ट छैनन् । उनीहरुको उमेर अनुसारको बृद्धि विकास भएको छैनन् । भने कान्छा छोरा भविष्य पुन १५ महिनाका भए । उनी पनि उमेर अनुसारको बृद्धि विकास भएको छैनन् । चाउरीको गाला, पेट फुलेको छ । उनीलाई पनि कुपोषणबाट ग्रसीत छन् । भुमे गाउँपालिका वडा नं. २ का सम्पुरा विकका १ वर्षिय छोरा विकास विकको उमेर अनुसार तौल, उचाई र शरिर वढेको छैनन् । उनलाई पनि कुपोषणले नै च्यापेको छ ।
    वुढा, पुन र विक प्रतिनिधी पात्र मात्रै हुन् । रुकुम पूर्व भुमे गाउँपालिकाका सयौं वालवालिकाहरु कुपोषणले ग्रसित बनाएको छ । उनीहरुको उमेर उनुसारको तौल, उचाई र शरिरको बृद्धि विकास हुन नसकेको भुमे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र यादवले जानकारी दिएका छन् । उनले भने, ‘सानैमा बिबाह गर्नु, जन्मान्तर नगर्नु, बालवालिकाहरुलाई खानपिनमा ध्यान नदिनु, सुत्केरी तथा गर्भवति आमाहरुलाई खानापिनका साथै आराम नहुँनु, दुधे बच्चालाई समय समयमा दुध नख्वाउनु, पोशिलो खानेकुराहरु माछा, मासु अण्डा नखुवाउनु, हरियो साँगपात र पहेला फलफूल नखानु जस्ता कारणले दुर्गम गाउँका बालबालिकाहरुलाई कुपोषणले ग्रसित बनाएको छ ।’
    भुमे गाउँपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार भुमे गाउँपालिकाका ९ वटै वडाहरुमा झण्डै साढे ३ वर्षको अवधिमा १९५ जना वालवालिका कुपोषणको  जोखिममा रहेको देखाएको छ । जस अनुसार गत आर्थिक वर्ष २०७४÷०७५ मा ६४ जना, आर्थिक वर्ष २०७५÷०७६ मा ४६ जना र आर्थिक वर्ष २०७६÷०७७ मा ३८ जना वालवालिका कुपोषणबाट ग्रसीत रहेको जनाएको छ ।
    त्यस्तै चालू आर्थिक वर्षको ९ महिनामा ४७ जना वालवालिकाहरु कुपोषणको उच्च जोखिममा रहेका छन् । जसमध्ये ५४ जनालाई उपचार गरी सुधार भईसकेको भुमे गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष रामसुर वुढाले भने, दुर्गम गाउँ गाउँमा कुपोषणको जोखिम वढेका कारण कुपोषण न्यूनीकरणको लागि नमूना बस्ती छनोट गर्न ६० लाख रुपैयाँ विनियोजित गरिएको जनाएको छ ।
    ६६ कुपोषित बालवालिकाहरुलाई पौष्टिक आहार सामाग्री वितरण
    रुकुम पूर्वको भुमे गाउँपालिकाका ६६ कुपोषित बालवालिकाहरुलाई पोशिलो सामाग्री वितरण गरिएको छ । टिडिएच विएमजेटको आर्थिक सहयोग रुकुमेली समाज विकास केन्द्र खाद्य सुरक्षा तथा वातावरण मैत्री उद्यम प्रवद्र्धन परियोजना कार्यक्रम मार्फत रुकुम पूर्वको भुमे गाउँपालिका वडा नं. १, २ र ३ वडाका ६६ जना कुपोषित वालवालिकाहरुलाई पौष्टिक आहार सामाग्री वितरण गरिएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले जानकारी दिएका छन् । उनले भने, ‘भुमे गाउँपालिका स्वास्थ्य शाखा र सम्वन्धित वडाका स्वाथ्य संस्थाहरुको समन्वयमा पौष्टिक आहार सम्वन्धी सामाग्री सवोत्तम पिठो लगायतका सामाग्री वितरण गरिएको हो ।’
    कुपोषित बालवालिकाहरुको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले उक्त सामाग्री वितरण गरेको रुकुमेली समाज विकास केन्द्र खाद्य सुरक्षा तथा वातावरण मैत्री उद्यम प्रवद्र्धन परियोजनाका जिल्ला कार्यक्रम संयोजक उत्तम अर्यालले जानकारी दिएका छन् । उनका अनुसार गत वर्ष पनि ६६ जना कुपोषित वालवालिकाहरुलाई पौष्टिक आहारको सामाग्री वितरण गरिएको थियो । भुमे गाउँपालिकामा यस कार्यक्रम मार्फत सन् २०१५ देखी पोषण सम्वन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ । भने रुकुमेली समाज विकास केन्द्र मार्फत सुआहारा कार्यक्रमले पनि सुनौलो हजार दिनका आमा तथा वालवालिकाहरु पोषण अवस्था सुधार गर्न लागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *