महामारीको बेला कालोबजार हुन सक्ने भन्दै बजार अनुगमन
रेखदेख संवाददाता
बैशाख १५, रुकुम । रुकुम पश्चिममा बजार अनुगमन सुरु गरिएको छ । कोरोना महामारीको बेला हुन सक्ने कालो बजारी रोक्न बजार अनुगमन थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको संयोजनमा मुसीकोट नगरपालिका कार्यालय रुकुम पश्चिमले बजार अनुगमन गरेको मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले जानकारी दिएका छन् ।
उनका अनुसार–“ बुधबार रुकुम पश्चिम सदरमुकाम मसीकोटको बराहटाकुरा,तल्लो बजार, माथिल्लो बजार, हुलाक टोल सल्ले जानेबाटो, त्रिवेणी चोक बागबजार लगायतका ८३ वटा खाद्यान्न तथा फलफूल पसल र ९ वटा मेडिकलमा अनुगमन गरिएको थियो ।
बजार अनुगनको क्रममा रुकुम पश्चिममा मौज्जात दैनिक सामाग्रीको अवस्था, मुल्य सूची, व्यवसाय दर्ता तथा नविकरण, दैनिक उपभोग्य सामाग्रीको म्याद गुर्जे नगुर्जेको बारेमा अध्ययन तथा अनुगमन गरिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, मुसीकोट नगरपालिका, घरेलु तथा साना उद्योग विकास कार्यालय, उद्योग वानिज्य संघ, कोष तथा लेखा नियन्त्रण कार्यालय, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

