सिमान्तकृत समुदायलाई छात्रबृत्तिमा पत्रकारिता पढ्ने अवसर
रेखदेख संवाददाता । सिमान्तकृत समुदायका ४ जनालाई छात्रबृत्तिमा पठन पाठन गराईने भएको छ । नेपाल पत्रकार महासंघ र पोलिगन कलेज बीच स्नातकोत्तर तह अध्ययन गर्ने महिला, दलित, मधेशी, अल्पसंख्यक र अन्य सिमान्तकृत समुदायका विद्यार्थीहरुमध्येबाट ४ जनालाई छात्रवृत्ति दिनका लागि सम्झौता भएको हो ।
सम्झौता अनुसार महासंघले सिफारिस गरेका चार जनालाई प्रत्येक वर्ष कलेजले दुई लाख रुपैयाँ छात्रवृत्ति दिने छ भने बाँकी बत्तिसहजार आठसय रुपैयाँ अध्ययन गर्न चाहाने विद्यार्थी स्वयमले बेहोर्नु पर्ने छ ।
सम्झौता–पत्रमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेल र पोलिगन कलेजका तर्फबाट प्रिन्सिपल अविरल थापाले हस्ताक्षर गरेको जनाएको छ । यो कार्यक्रममा यसै शैक्षिक सत्रबाट लागु हुने छ ।

