भलिबलमा बागलुङ र ब्याटमिन्टन प्रतियोगितामा अनिल बुढा र धु्रवबिक्रम थापाको जोडि विजेता
पापिनी मेलाको मुसीकोट नगरपालिका-७, साँखमा आयोजित पुरुष भलिबलको उपाधि बागलुङ निसिखोलाले हात पारेको छ । आइतबार भएको फाईनल खेलमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-८, लाई ३(० को सोझो सेटमा पराजित गर्दै निसिखोला गाउँपालिका(२, ले उपाधि हात पारेको हो । निसिखोलाले खेलको पहिलो र दोस्रो सेट समान २० का विरुद्ध २५ ले र तेस्रो सेट १८ का विरुद्ध २५ ले आफ्नो जित सुनिश्चित गदै नगद ५१ हजार सहित कप जित्न सफल हो ।
फाईनलमा पराजित भएको त्रिवेणी-८, उप-विजेता बनेको छ । उसले नगद २६ हजार र ट्रफि हात पार्दा तेस्रो भएको रुकुम पूर्वको सिस्ने गाउँपालिका-८, ले नगद १६ हजार र ट्रफि मै चित्त बुझाएको आयोजक ठुली दह युवा क्लवले जनाएको छ । तेस्रो स्थानका लागि भएको खेलमा सानीभेरी गाउँपालिका-३, लाई ३-१ को सेटमा पराजित गर्दै सिस्ने ८ तेस्रो भएको छ । प्रतियोगितामा रुकुम पश्चिम सहित, रुकुम पूर्व, रोल्पा, बागलुङका विभिन्न १९ वटा वडा स्तरीय टिमले सहभागिता जनाएका थिए ।
त्यस्तै पापिनी मेलाकै अबसरमा आयोजित पुरुष डबल ब्याटमिन्टन प्रतियोगितामा अनिल बुढा रधु्रवबिक्रम थापाको जोडि पहिलो भएको छ । डम्बर थापा र जनक खड्काको जोडिलाई २-० को सोझो सेटमा पराजित गर्दै अनिल र धु्रवको जोडि पहिलो भएको हो । पहिलो हुनेले टीमले नगद रु.१५ हजार र ट्रफि प्राप्त गर्दा दोस्रो हुने जोडिले नगद ८ हजार र ट्रफि मै चित्त बुझाउनु पय्रो । प्रतियोगिताको सेमिफाईनलमा पुग्ने विशाल बिष्ट र अविनाश केसी तथा नरेन्द्र बोहरा र ज्वालासिंह खड्काको जोडिले भने समान ३÷३ हजार नगद प्राप्त गरेको आयोजक संस्थाले जानकारी दिएको छ । प्रतियोगितामा रुकुम पश्चिम सहित रुकुम पूर्व र सल्यानका गरी ३० जोडिले प्रतिस्पर्धा गरेका थिए ।
परम्परागत रुपमा लाग्दै आएको पापिनी मेलाको अवसरमा यो वर्ष स्थानीय ठुली दह युवा क्लवले भलिबल र ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । मेलाको अवसरमा पापिनी नाच सहित अन्य स्थानीय झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

