विप्लव नेकपाका विद्यार्थी नेता सहित ५ जना पक्राउ

प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लव नेकपाका ५ जना कार्यकर्ता रुकुम पश्चिमबाट पक्राउ गरेका छन् । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सहित ५ जनालाई प्रहरीले आज मुसीकोट नगरपालिका(१, रावलवाराबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष त्रिवेणी गाउँपालिका(२, का २४ वर्षिय प्रेमप्रशान्त बोहरा, त्रिवेणी(९ का १६ वर्षिय नविन ओली, मुसीकोट नगरपालिका(१, का १९ वर्षिय सागर बुढा, १७ वर्षिय अभिषेक बुढामगर र सोही ठाउँकै २७ वर्षिय किरण रसाईली रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ६ बिसौनी भन्ने ठाउँमा राप्ती लोकमार्गको विच सडकमा माघ १० गते प्रेसर कुकर बम राखेको घटनामा संलग्न भएको आशंकामा खोजतलास गर्न जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आईतबार उनिहरुलाई रावलबारामा संगठनको बैठक बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका छन । शाहीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताए ।
विप्लवको नाममा सर्वसाधारण पक्राउ
विपल्व नेकपाका एक नेता अमृतले रेखदेखलाई फोन गरी विप्लव नेकपा कार्यकर्ताको आरोपमा प्रहरीले सर्वसाधारणलाई पक्राउ गरेको आरोप लगाएका छन् । उनले भने, आज दुई विद्यार्थी नेता सहित पक्राउ परेका ३ जना आफ्नो पार्टीको कुनैपनि संगठनमा नरहेको जानकारी दिएका छन् ।
नेता अमृतले भने, मुसीकोट नगरपालिका(१, का १९ वर्षिय सागर बुढा, १७ वर्षिय अभिषेक बुढामगर र २७ वर्षिय किरण रसाईली आफ्नो कुनैपनि पार्टीको संगठनमा संलग्न छैन् ।
सर्बसाधारणलाई समेत विप्लवको नाममा पक्राउ गरी झुठो मुद्दा र गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै उनीहरुको विर्नासर्त रिहाको पहल गरिदिनका लागि मानवअधिकारबादी संघ संस्थाहरुसँग माग गरेका छन् ।साथै बम राखिएको विषयमा विद्यार्थी नेता र पक्राउ परेका सर्बसाधारणको संलग्नता नरहेको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *