कोरोना कहरका कारणः मुसीकोट १ र ५ का सबै विद्यालय बन्द,कक्षा १२ को परिक्षा नरोक्ने !

रेखदेख संवाददाता । मंगलबार रुकुम पश्चिम स्थित जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सहित १६ जनामा कोरेना संक्रमण देखिएपछि मुसीकोट नगरपालिका १ र ५ का सबै विद्यालय बन्द गर्ने भएको छ । मंगलवबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अर्को सुचना जारी नभए सम्मको लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । तर मंगरबार देखी सुरु भएको कक्षा १२ को परिक्षा भने स्वास्थ्य मापदण्ड पुरा गरी निरन्तर सञ्चालन गर्ने निर्णय गरिएको छ । त्यस्तै यसअघि निषेधाज्ञा जारी भएको सल्ल क्षेत्रलाई अर्को सूचना जारी नभएसम्मको लागि यर्थावत राख्ने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् । मंगलबार बसेको जिल्ला विपद् व्यवस्था समितिले कोरोना संक्रमण नियन्त्रणको लागि १० वुद्धे निर्णय समेत गरेको छ ।
यस्तो छ जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय विवरण

मिति २०७७/०८/०९ गते यस जिल्लाका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा वसेको जिल्ला स्तरिय कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकवाट भएका निर्णयहरु ।
निर्णयहरुः-
यस जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ सल्ले क्षेत्रमा २ जना व्यक्तिमा कोभिड १९ को संक्रमण देखिए पश्चात उक्त क्षेत्रमा यही मिति २०७७/०८/०४ गते विहान १०:०० वजे देखि निषेधाज्ञा जारी गरी संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको परिक्षण गर्दा थप १६ जनामा संक्रमण देखिएको हुँदा थप संक्रमण फैलन नदिनका लागि देहाय वमोजिम गर्ने निर्णय गरीयो ।
१) जिल्ला प्रशासन कार्यालयवाट मिति २०७७/०८/०४ गते विहान १०:०० वजे देखि मुसिकोट नगरपालिका वडा नं. १ सल्ले क्षेत्रमा जारी गरिएको निषेधाज्ञालाई अर्को निर्णय नभए सम्मका लागी निरन्तरता दिने ।
२) संक्रमण पुष्टि भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको Contact tracing गरी परिक्षणको व्यवस्था मुसिकोट न.पा. संगको समन्वयमा स्वास्थ्य सेवा कार्यालयले तत्काल गर्ने । साथै संक्रमण देखिएका व्यक्तिहरुलाई सुरक्षित साथ होम आइसोलेसनमा र Contact tracing मा पर्ने व्यक्तिहरुलाई परिक्षणको नतिजा नआउँदा सम्म होम क्वारेन्टिनमा वस्न लगाउने तथा सो कार्यको स्थानिय तहवाट नियमित निगरानी गर्ने व्यवस्था मिलाउने ।
३) सरकारी कार्यालयहरुमा सेवाग्राहीको चाप अत्याधिक वृद्घि भई संक्रमणको जोखिम वढेको हुँदा वढि जनसम्पर्क हुने कार्यालयहरुवाट प्रवाह हुने अत्यावश्यक वाहेकका नियमित सेवालाई स्थानिय तह अनुसार दिन तोकी पालैपालो प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्वन्धि सूचना सम्वन्धित कार्यालयहरुले तत्काल प्रवाह गर्ने ।
४) मुसिकोट नगरपालिका वडा नं. १ का सवै र वडा नं. ५ को बजार क्षेत्रका विद्यालय, क्याम्पस लगायतका सम्पूर्ण शैक्षिक संस्थाहरुका पठन पाठन अर्को निर्णय नभए सम्मका लागि बन्द गर्ने । आज देखि शुरु भएको कक्षा १२ को परिक्षा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना हुने गरी नियमित रुपमा संचालन गर्ने ।
५) खलंगा तथा सल्ले क्षेत्रवाट छुट्ने सबै सार्वजनिक यातायातका साधनहरु अर्को व्यवस्था नभए सम्मका लागी सितलपोखरीवाट छुट्ने र जिल्ला वाहिरवाट तथा जिल्लाका अन्य स्थानवाट आउने सार्वजनिक यातायातका साधन सितलपोखरी सम्म मात्रै आउने व्यवस्था मिलाउने । वाहिरी जिल्लाहरुवाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा होम क्वारेन्टीनमा राख्ने व्यवस्था गर्ने तथा यस प्रयोजनकालागी सम्वन्धीत यातायात व्यवसायीले यात्रुहरुको लिस्ट जिल्ला प्रशासन कार्यालय र सम्वन्धीत स्थानीय तहमा पठाउने ।
६) अर्को व्यवस्था नभए सम्मका लागी मालवाहक ढुवानीका साधनहरु साँझ ५:०० बजे देखि विहान ८:०० बजे सम्म मात्र खलंगा तथा सल्ले वजार क्षेत्रमा संचालन गर्ने ।
७) होटेलहरुमा भिडभाड हुन नदिनको लागी उपलव्ध कोठाको क्षमता भन्दा वढि व्यक्ति राख्न नपाउने र स्वास्थ्य सुरक्षका मापदण्डहरु पूर्ण रुपमा पालना गर्ने व्यवस्था गर्ने साथै अनिवार्य रुपमा लगवुक राख्न लगाउने ।
८) सल्ले तथा खलंगा क्षेत्रका सम्पुर्ण पसलहरु विहान ६:०० बजे देखि दिउसो ३:०० बजे सम्म मात्र संचालन गर्ने ।
९) बैंक तथा वित्तिय संस्थाहरुमा भिडभाड नहुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन निर्देशन दिने ।
१०) वडा स्तरिय संयन्त्र निर्माण गरी होम क्वारेन्टीन तथा होम आइसोलेसनमा वस्ने व्यक्तिहरुको नियमित रुपमा निगरानी गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *