पूर्व जनमुक्ति सेनाका भाईस पलाटुन कमाण्डर कांग्रेसमा प्रवेश
रेखदेख संवाददाता
कार्तिक १४, रुकुम । पूर्व जनमुक्ति सेनाका भाईस पलाटुन कमाण्डर तथा गाउँ इन्चार्ज यामबहादुर घर्ति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मुसीकोट नगरपालिका ११ लहुँ निबासी यामबहादुर घर्तिले कम्युनिष्ट सरकारले देश र जनताको भन्दा आसेपासेमुखी भएका कारण कांग्रेसमा प्रवेश गरेको बताए । उनले भने, ‘इमान्दार कार्यकर्ताहरु पाखा लगाई सक्ता र शक्तिमा नातावाद, कृपावाद हाबी भएकोले नेकपा छोडेको जनाए ।’
नेपाली कांग्रेस रुकुमको पार्टी कार्यालयमै गएर प्रवेश गरेका घर्तिलाई नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले पार्टी सदस्यता पत्र प्रदान गदै स्वागत गरेको जनाएको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा नेपाली कांग्रेस पूर्व पार्टी सभापति मानबहादुर नेपाली, पार्टी सचिव गोरखबहादुर खत्री जिल्ला सदस्य टोपबहादुर खड्कालगायतले स्वागत गरेका थिए । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छोडेर कांग्रेसमा प्रवेश गर्नेको लहर चलेको पार्टी सभापति प्रेमप्रकाश ओलीले जनाए । उनका अनुसार जिल्लाका विभिन्न नगरपालिका÷गाउँपालिकाबाट झण्डै एक हजार दुई सय वढी नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

