समाज जितिन, क्यान्सर जितिनन्
रेखदेख संवाददाता ।
रुकुम पश्चिम सानीभेरी गाउँपािलका वडा नं. ३ निबासी २५ वर्षिय जमुना नकाल गहतराजको ब्लड क्यान्सर रोगका कारण मृत्यु भएको छ । झण्डै डेढ वर्षदेखी क्यान्सर रोगका कारण थलिएकी गहतराजको बुधबार सिभिल अस्पताल काठमाडौंमा मृत्यु भएको हो । यसअघि कोरोना रोगबाट संक्रमित उनीले कोरोना जितेपनि अन्त्यमा ब्लड क्यान्सर रोगबाट हारेको उनको श्रीमान दिपेन्द्र गहतराजले जानकारी दिएका छन् ।
अन्तरजातीय बिबाह गरेकै कारण उनलाई अहिले सम्म गाउँ समाज (माईती) पक्षले स्वीकार गरेको छैन् । उनले गाउँकै गहतराजसँग विबाह गरेकै कारण उनलाई गाउँ समाजले स्वीकार नगरेको स्थानीयले बताएका छन् । उनको एक छोरा छन् । उनको श्रीमान दिपेन्द्र गहतराजन नेपाल प्रहरीमा कार्यरत छन् ।