‘चौरजहारीका ५सय परिवारलाई निशुल्क बीमाकार्ड’
रेखदेख संवाददाता ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले नगरभित्रका ५ सय घरपरिवारलाई निशुल्क स्वास्थ्य विमाकार्ड वितरण गर्ने भएको छ । दलित, गरिव तथा विपन्न परिवारलाई स्वास्थ्य सेवामा सहज पुहँच पुय्राउने उद्देश्यले चौरजहारी नगरपालिकाका ५ सय परिवारलाई निशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गरिने भएको हो ।
चौरजहारी नगरपालिकाको सभाहलमा आयोजित निशुल्क स्वास्थ्य सेवा विमाकार्ड वितरण तथा विजयादशमी २०७७ को अवसरमा शुभकामना दिदै प्रमुख शर्माले भने, गरिव तथा विपन्नलाई स्वास्थ्य सेवा सहज पहुँच पुय्राउन निशुल्क बीमाकार्ड वितरणको तयारी गरिएको छ ।
पहिलो चरणमा चौरजहारी नगरपालिका र चौरजहारी अस्पतालको समन्वयमा विहिवार नगर भित्रका गरिव विपन्न घाईते तथा अपांगता भएका ८४ जना व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य विमाकार्ड वितरण गरीएको थियो ।
नगर र चौरजहारी अस्पतालको समन्वय माकुल ८४ परिवारका ४ सय ३८ सदस्यका लागी ३ लाख ५० हजार ७ सय ८४ रुपैया वरावरको रकमवाट स्वास्थ्य विमाकार्ड वितरण गरिएको प्रमुख शर्माले जानकारी दिएका छन् । जस अन्तरगत पहिलो चरणमा वादी परिवार गरिव तथा विपन्न परिवारहरुका लागी ३५ परिवार र घाईते तथा अपांगता परिवारका ४९ जनालाई स्वास्थ्य विमाकार्ड हस्तान्तरण गरिएको छ ।
निशुल्क स्वास्थ्य विमाकार्ड वितरण कार्यक्रममा वोल्दै प्रमुख शर्माले आर्थिक वर्ष २०७७।०७८ मानगर भित्रका गरिव विपन्न तथा अपांगता भएका ५ सय घरपरिवारका लागी नगरले विमाकार्ड गराउने लक्ष्य लिएको वताए ।
प्रमुख शर्माले कार्यक्रममा वोल्दै संघियता स्थापना भए संगै वनेको नगर सरकारले नगरका १४ वटै वडामा सडक संजाल निर्माण, नगर वस सेवा एम्वुलेन्स सेवा संचालन, निशुल्क शिक्षा ,निशुल्क उपचार सेवा,एक घर एक धारा विद्युतिकरण,नगरपालिकाको केन्द्र निर्धारण लगाएतका थुप्रै सकारात्मक काम सम्पन्न भएका र केही काम सम्पन्न हुने तयारीमा रहेको जानकारी जनाए ।
नगरभित्र ३० हजार २ सय २ जनसंख्या रहेको् छ । कुल जनसंख्या मध्ये चौरजहारी नगरपालिकामा हाल सम्म १७ हजार ९सय ४८ जना नागरिकले स्वास्थ्य विमा वनाएका छन ।
जसमध्ये ८ हजार ४ सय १९ जना पुरुष र ९ हजार ५ सय २९ महिला रहेको स्वास्थ्य विमा कार्यालय रुकुम पश्चिमको तथ्यांकमा उल्लेख छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सदस्य पुष्पवादी, चौरजहारी अस्पतालका सहायक प्रशासक पुर्ण वहादुर थापा पत्रकार लगाएतको आतिथ्यता रहेको थियो ।

