६५ औ प्रहरी दिवशको अबसरमा उत्कृट कर्मचारीलाई सम्मान
रेखदेख संवाददाता ।
नेपाल प्रहरीले ६५ औ प्रहरी दिवश मनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले साताव्यापी कार्यक्रम गरी प्रहरी दिवश मनाएको हो । शुक्रवार (आज) औपचरिक कर्यक्रम गरी बर्षभरी उत्कृष्ट कार्य गर्ने प्रहरी कर्माचारी, प्रहरीलाई जग्गादान गर्ने स्थानिबासी, प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति संघ संस्था तथा व्यक्तिलाई सम्मान तथा पुरस्कृत समेत वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उक्त कार्यक्रममा पुरस्कार वितरण तथा सम्मान गरेका थिए । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले प्रहरी हवल्दारहरु जनक थापा, सुमन गुरुङ, प्रदिप चन्द, गजेन्द्र चौधरी बसन्त गिरी, यस्तै प्रहरी जवानहरु बिक्रम बुढाथोकी, नवराज खड्का, हिमाल शाही, प्रहरी नायव निरिक्षक शान्तिश शाह,र रमेश केसी र द्धन्द्ध कुमार पोख्रेललाई उत्कृष्ट कार्य गरेबापत सम्मान गरिएको छ । यसका साथै प्रहरीलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । सञ्चारक्षेत्रबाट सहयोग गरेको भन्दै पत्रकार महेश केसी समान्नीत भएका छन् । त्यस्तै पशुपति केसी, जिल्ला अस्पतालका संन्जित मल्ल, ब्यावसायिक मोहवीर खड्का र बलजीत बोहरालाई पनि सम्मान गरिएको छ । कार्यक्रमा अमर शहिद प्रहरीका परिवारलाई समेत सम्मान गरिएको छ ।
यस्तै ब्याडमिन्टन खेलमा प्रथम स्थान हासिल गर्ने नरेश डाँगी र एकनारायण चौधरी यस्तै द्वितीय स्थान हासिल गर्ने अशोसिङ बोहरा अलम थापालाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको संचालन जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रबक्ता हरि ओलीले गरेका थिए ।
कार्यक्रमा जिल्ला समन्वय प्रमुख राजकुमार शर्मा, मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम, जिल्ला स्थिति सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख ,प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।कार्यक्रमका अध्यक्ष तथा प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले गरेका थिए ।

