रहेनन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष शाह

रेखदेख संवाददाता
असोज २८, रुकुम ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष मुकुन्द बहादुर शाहको निधन भएको छ । लामो समय देखी सुगर र प्रेसरबाट पीडित शाहको नेपालगन्जमा उपचारको क्रममा बुधबार मृत्यु भएको जनाएको छ ।
शाह पञ्चायतदेखी निरन्तर रुपमा राजनीतिमा क्रियाशिल रहेका थिए । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी रुकुम पश्चिमका अध्यक्ष समेत  हुन् ।  लामो समयदेखी राजनीतिमा लागेका उनी राजनीतिमा आदर्श, निष्ठा र निडर ब्यक्तित्वको रुपमा परिचित थिए । शाह २००८ सालमा चौरजहारी नगरपालिका ३ मा जन्मीएको र हाल उनी नेपालगञ्जमा बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले राप्रपा ठुलो क्षती पुगेको राप्रपा पार्टीका रुकुम पूर्वका अध्यक्ष सुधिर शाहले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *