राष्ट्रिय युवा संघको रुकुम पूर्व र पश्चिम इन्चार्जमा हमाल

रेखदेख संवाददाता ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघको रुकुम पूर्व र पश्चिमको इन्चार्जको जिम्मेवारी जितबहादुर हमाल (कुमार) ले पाएका छन् ।
तत्कालीन माआवादी केन्द्र निकट वाइसियल र नेकपा एमाले निकट युवा संघ नेपालको एकताबाट बनेको राष्ट्रिय युवा संघ नेपालको रुकुम पूर्व र पश्चिमको इन्चार्ज जितबहादुर हमाल (कुमार) भएका हुन् । उनी तत्कालिन नेकपा एमाले निकट युवा संघको रुकुम पूर्व पश्चिमको इन्चार्ज समेत रहेका थिए ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका हमालले रुकुम पूर्व र पश्चिममा राष्ट्रिय युवा संघको गतिविधी वढाउने रेखदेखलाई जानकारी दिएका छन् ।
यसअघि युवा संघ नेपाल रुकुम पूर्व र पश्चिममा नयाँ कार्यसमिति समेत चयन भएको छ । जसमा रुकुम पश्चिमका संयोजक जनककुमार विश्वकर्मा र सह- संयोजकमा हरिबोल भारती सहित ६१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

भने रुकुम पूर्वमा संयोजक भास्कर रेउली र सह-संयोजक दन्त रोकाय सहित ६१ सदस्यीय नेपाल राष्ट्रिय युवा संघको गठन भएको छ । भने स्थानीय तहहरुमा पनि राष्ट्रिय युवा संघको गठन भईरहेको इन्चार्ज हमालको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *