नेपाल तरुण दल सानीभेरी गाउँपालिकाको अध्यक्षमा ओली निर्वाचित

नेपाल तरुण दल रुकुम पश्चिम अन्तर्गत सानीभेरी गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरि अधिबेशन सम्पन्न गरिएको नेपाल तरुण दल रुकुम पश्चिमले जनाएको छ । अधिबेशनले कमल ओलीको नेतृत्वमा ५१ सदस्यीय सर्बसम्मत गाउँपालिका कार्यसमिति चयन गरेको बताइएको छ ।

नेपाली काग्रेस सानीभेरी गाउँपालिकाका सभापति कर्णबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सदस्य जनक कुमार बाठा मगर (जेके) को प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नेपाल तरुण दल रुकुम पश्चिमका उपाध्यक्ष यज्ञ बिष्ट, नेपाल विद्यार्थी संघका जिल्ला सभापति लाल बहादुर ओलि,नेपाल विद्यार्थी संघका जिल्ला सचीव तिलक डागी, गाउँपालिका पार्टी सचिब इन्द्र बहादुर खड्का सानीभेरि गाउँपालिका सम्पूर्ण वडाका वडा सभापति लगाएत स्थानीय नेता कार्यकर्ता एवं सुभेच्छुक समर्थकको सहभागिता रहेको थियो ।
अधिबेशनको उदघाटन सत्रको संचालन नेपाल तरुण दल नेता अर्जुन बिकले गर्नु भएको थियो । कोभिड १९ का कारण पूर्व निर्धारित कार्यक्रम केही ढिलो हुन गएको भएपनि अब स्वास्थ सावधानी र सुरक्षाका मापदण्ड अपनाएर सम्पुर्ण वडा र टोलमा संगठन विस्तार गरिने नबनिर्वाचित अध्यक्ष कमल ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *