के भनौं र खै..राष्ट्रको संचार

यहाँ जन-समुदायबाट अर्को गजबको कुरा के सुन्न पाईयो भने पहिले जति दियो दियो अब एडिएसल इन्टरनेट सेवा नेपाल टेलिकमले दिदैन रे, प्राईभेट ईन्टरनेट सेवा प्रदायकहरुको जडान शुल्क यति महङ्गो छ कि कुरा गर्न पनि लाज लाग्छ, दुर गराजमा त सहुलियत दरमा सेवा प्रदान गर्नु पर्ने हो…झुट बोलेको होइन सायद यहाँको एउटा घरमा इन्टरनेट जोडने पैसाले दाङमा १० वटा घरमा ईन्टरनेट जडान हुन्छ । मैले केहिलाई सोधे पनि किन यस्तो त? उनीहरुको जवाफ थियो..होला नि केही भित्री कुरो…सक्किगो नि, हैट।

-मनोज पौडेल

मैले धेरै पटक धेरैको मुखबाट सुन्ने गरेको छु, सायद तपाईले पनि सुन्नु भएको होला “यी टेलिकम सेवा प्रदायक चोर हुन” भनेको । र मैले हरेक पटक कुन ? भनेर सोधेको छु र प्राय उत्तर एउटै आउँछ “दुईटै एनसेल र नेपाल टेलिकम !” मैले यी कुराहरु खासै पत्यार गरेन तर जब म पनि ठगीमा परे त्यस पछि त पत्याउनै पर्यो । सिस्टममा खराबी को नाममा होस वा प्राविधिक गडबडीको नाममा होस वा जानीजानी होस हामी उपभोक्ता मारमा छौं । मैले एक दिन बिहान ७ बजे डे प्याक अन्तरगत १५ रुपैंया बराबरको अनलिमिटेड बिहान ५ बजे देखि साँझ ५ बजे सम्मको भ्वाइस प्याक लिए । एकछिनमा मेरो मोबाइलको ब्यालेन्सबाट १५ रुपैयाँ काटिएको र भ्वाइस प्याक सुचारू भएको जानकारी एसएमएस बाट गराइयो। त्यसको लगतै मैले केही समय फोन गरें कुरा गर्दा गर्दै पैसा सकिएको जानकारी आयो र कुरा गर्दा गर्दै फोन कटयो अनि ब्यालेन्स १३ पैसामा झर्यो । यो हो एनटिसि को कुरा । एनसेलको त कुरै नगरौं, सरकारलाई त अरबौ ठगिराको छ ! म त एक प्रतिनिधि पात्र मात्र हुँ, यो समस्या कतिले भोगेका छन होला, घटना धेरै संग छन नभनिएको र नसुनिएको मात्र हो । बाहिर नआएको मात्र हो । बिचार गर्नुस त म एनटिसिका प्रत्यक ग्राहकबाट एक बर्षमा मात्र एक पटक पनि १५ रुपैयाँ यसरी काटिन्छ भने अनाधिकृत रुपमा एनटिसिले कति फाईदा गर्छ, आफ्ना करिब डेढ करोड बेसी ऊपभोक्ताहरुबाट…करिब २३ करोड, महिनामा एक पटक काटछ भने बर्षिक करिब २७५ करोड बेसी फोकटमा हामीले दिने रैछौं ।  मैले एनटिसि लाई आरोप लगाएको होइन, शंका गरेर हिसाब किताब गरेको हो तर जुन घटना मलाई घटयो त्यो घटनाले शंका गर्ने आधार त दियो नि पक्कै पनि । यस्ता घटना केही टेक्निकल खराबीको कारणले हुन्छ भने र टेलिकममै जान्छ भने त ठिकै पनि हो, सिस्टम खराबीलाई हामी सामान्य रुपमै लिउँला तर त्यही सिस्टम भित्र खराबीको नाममा गरिने चुहावट त हैन कतै? मैले बिभिन्न समयमा सुन्ने गरेका टेलिकम सेवा प्रदायकहरु प्रतिको जनबोली जुन माथि उल्लेख गरें त्यो उनीहरुबाट एक घटनाबाट भन्दा पनि घटनाका श्रृङ्खलाहरुबाट उब्जेको जस्तो लाग्छ..बैयक्तिक बिचार । स्थापनाको यतिका बर्ष भैसक्दा र मुनाफामा गैरहेको कम्पनि जहाँ पाँचहजार भन्दा बढी कर्मचारी छन त्यहाँ बारम्बार केही न केही सिस्टम खराबी किन भईरहन्छ ? कर्मचारीहरु टन्न तलब खाका छन्, बोनस बाँडेका छन् सो अनुसार काम र सेवा पनि चुस्त र दुरुस्त त हुनु पर्यो नि होइन र ! उपभोक्ता प्रति अलि संबेदनशिल हुने की ? माफ गर्नुहोला बैयक्तिक रुपमा मेरो कोही कर्मचारी प्रति केही गुनासो छैन, मैले प्रवृतीगत बोरोध गरेको मात्र हो र सलाम छ सबै ईमान्दार र कर्तव्यनिष्ठ राष्ट्रसेवकहरु प्रति।

माथिको घटनाले म धेरै कुरा सोंच्न बाध्य भए, म अहिले एक पहाडि जिल्लामा बस्छु, यहाँ नेपालका ठूला सहर काठमाण्डौं, पोखरा, बुटवल, घोराही आदि स्थानमा चल्ने टुजि जत्तिको पनि यस ठाउँमा फोरजि इन्टरनेट सेवाको स्पीड नभएको मेरो अनुभव छ…२केबी…६केबि….१७केबि..र यस्तै यस्तै प्रति सेकेण्डको…हाइस्पिड फोरजि इन्टरनेट सेवा प्रयोग गरी धन्य छु म र म जस्ता अन्य ग्राहकहरु पनि । कुरो के गर्नु र बरै… राष्ट्रको संचार ।  यतिले पनि पुगेको छैन, फोन लाग्नु, लागे पनि कुरा हुन पाउनु गर्वको कुरा हुन्छ यहाँ, हप्तामा कम्तिमा २ दिनयो समस्या छ, प्राय सनिबार मोबाइलले टावर देखाउँदैन वा काम गर्दैन, ब्यालेन्स टन्न भए पनि आफै फोन कटछ, रमाईलो छ । सदरमुकामको अवस्था त यो छ भने दुर-गराजको अवस्था के होला म कल्पना सम्म पनि गर्न सक्दैन । यहाँ जन-समुदायबाट अर्को गजबको कुरा के सुन्न पाईयो भने पहिले जति दियो दियो अब एडिएसल इन्टरनेट सेवा नेपाल टेलिकमले दिदैन रे, प्राईभेट ईन्टरनेट सेवा प्रदायकहरुको जडान शुल्क यति महङ्गो छ कि कुरा गर्न पनि लाज लाग्छ, दुर गराजमा त सहुलियत दरमा सेवा प्रदान गर्नु पर्ने हो…झुट बोलेको होइन सायद यहाँको एउटा घरमा इन्टरनेट जोडने पैसाले दाङमा १० वटा घरमा ईन्टरनेट जडान हुन्छ । मैले केहिलाई सोधे पनि किन यस्तो त? उनीहरुको जवाफ थियो..होला नि केही भित्री कुरो…सक्किगो नि, हैट।

रह्यो यो प्याकेजको कुरा…हुने खानेको लागि हो की….आर्थिक बिपन्न बेरोजगारहरुको लागि? बुझ्नै गाह्रो छ । गाउँघर तिर सामान्य मानिसले मोबाईल डायल गर्न, फोनकल रिसिभ गर्न र म्यासेज गर्न त बल्ल बल्ल सिकेका हुन्छ..प्याकेजका कुरा के थाहा । जो बेरोजगार छन उनिहरुले खासै चलाउने कुरो भएन । रह्यो त्यसको अधिकतम उपयोग जागिरे र पैसावाल हरुले नै गर्छन । अनि यो प्याकेज भनेर छुट्टै ब्यापारको खेती किन गर्नु पर्यो । मैले बिभिन्न प्याकेजहरु र त्यसको दर हेर्दा मैले बुझेको कुरा के हो भने १ रुपैयामा करिब २० एमबि डाटा र प्रति कल २० पैसाको दररेट कायम गरे पनि संस्थालाई मनग्य मुनाफा हुने देख्छु, किन यो प्याकेजको खेल गरिरहनु पर्यो । सबैलाई सर्बशुलभ तरिकाले सेवा प्रदान गरे भएन भन्या । माथिको हिसाब गलत पनि हुन सक्ला किनभने न त म गणितको बिद्यार्थी हुँ न त म्यानेजमेन्टको, यो त मेरो नितान्त सामाजिक बिश्लेशन हो। यी बिषयहरुमा नियमन निकाय, मिडियाकर्मीहरु, अन्य सरोकारवालाहरु चुप नै बसेका छन जस्तो लाग्छ मलाई अब केही बोल्ने र लेख्ने आवाज उठाउने बेला पो भैसक्यो कि ।  हरेक सामाजिक बिषयमा सबैले जिम्मेवारी बोध गरौं । धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *