गोविन्द केसीसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि अनशनरत डा। गोविन्द केसीसँग वार्ता गरेर समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेको छ।

विगत देखिनै सत्याग्रहमा सरिक अभियन्ता डा गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको बिषयलाई गम्भीरतापूर्वक लिएको नेपाली कांग्रेसले जनाएको छ।
ूमुलुकमा शान्ति स्थापना, संविधान निर्माण र तीन तहको निर्वाचन पश्चात् समृद्धिको यात्राका लागि तुलनात्मक रुपले सहज वातावरण निर्मित भएको छ। मुलुक संघीयतामा गएको छ र कर्णालीमा प्रदेश सरकार पनि अलग अस्तित्वमा छ। यस्तो बेलामा कर्णालीको विकास र समग्र समृद्धिका लागि घनिभुत ढंगले आवाज उठ्नु स्वभाविक र जरुरी छू, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
कर्णाली स्वास्थ बिज्ञान प्रतिष्ठान देखि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान सम्मको माग अघि सारेर अनशनरत डा। केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउंदै जायज मागहरू पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न नेपाली कांग्रेस संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई सार्वजनिक रुपमा आग्रह गरेको छ।

