१० किलो अफिम सहित २ जना पक्राउ

बाँकेमा १० किलो अफिम सहित २ जना पक्राउ परेका छन् । दाङबाट लागु औषध अफिम बाँके जिल्लाको राप्तीसोनारी गाँउपालिका १ कुशुम नाका हुदै बाँके जिल्लामा ल्याउन लागेको भन्ने सूचनाको आधारमा १० किलोग्राम अफिम सहित २ जना पक्राउ परेका हुन् ।
बाँके राप्तीसोनारी गा.पा.वडा नं. १ कुशुम बजार स्थित सडक बाटोमा शंकास्पद हिडिरहेका जिल्ला रुकुम (पुर्व) पुथा उत्तरगंगा गा.पा.वडा नं. ८ वस्ने धन बहादर सेन र जिल्ला दाङ घोराही उप(महानगरपालिका वडा नं. १९ वस्ने वसन्त घर्ति मगर लाई चेकजाँच गर्ने क्रममा निज धन बहादुर सेनले बोकेको The North Face लेखेको झोला भित्र प्लाष्टिक पोका बनाई राखेको अफिम जस्तो देखिने पदार्थ १० पोका तौल गर्दा १० किलोग्राम फेला पारी नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *