जाजरकोटमा ७८० गिद्ध भेटिए

जाजरकोटमा एक महीना खर्चिएर गिद्ध गणना गरिएको छ। नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा गिद्ध गणना गरिएको हो।

पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहका अनुसार, गिद्धसँगै गुँडको समेत गणना गरिएको छ। त्यहाँ विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुई वटा फेला परेको छ।

सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले बताए। उनका अनुसार, करीब एक महिना लगाएर गणना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *