कर्णाली प्रदेशमा थपिए ४९ जना कारोना संक्रमित

रेखदेख संवाददाता । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना संक्रमित थपिएा छन् । सुर्खेतका ३९ जनासहित ४९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
कर्णाली अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका ३९ जना, जाजरकोटका दुईजना, कालीकोट एकजना र दैलेखका ७ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिएका छन् ।

कर्णाली प्रदेशमा योसँगै कोरोना संक्रमित हुनेको संख्या २ हजार ८५० पुगेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या दुई हजार ५३१ पुगेको छ । हाल कर्णालीमा सक्रिय बिरामीको संख्या दुई सय ९८ जना रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *