काठमाडौं उपत्यकामा ५१२ संक्रमित थपिए

पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ५१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार काठमाडौंका १४१ महिला र २९९ पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै, भक्तपुरका २८ महिला र १५ पुरुष तथा ललितपुरका ११ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो।देशभर ११७० जनामा संक्रमण पुष्टि भएको छ भने ८७९ निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *