कोरोना भाइरस नेपाल: १,२०१ जना सङ्क्रमित थपिए, १४ जनाको मृत्यु
नेपालमा गत चौबीस घण्टामा १,२०१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले जनाएको छ।
शनिवारको यो तथ्याङ्कसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या ५३,१२० र निको हुनेको सङ्ख्या ३७,५२४ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
त्यसैगरी विगत चौबीस घण्टामा १४ जनाले कोभिड-१९ का कारण ज्यान गुमाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कोभिड १९ का कारण हालसम्म नेपालमा ३३६ जनाको ज्यान गइसकेको छ।
गत चौबीस घण्टामा ८५२ जना सङ्क्रमण मुक्त भएका छन् भने अहिलेसम्म कुल ३७,५२४ निको भइसकेका छन्। डा. गौतमका अनुसार सङ्क्रमित निको हुने दर ७०.६% रहेको छ।

