१०७ औं विपी जयन्तीको अबसरमा चियापान
रेखदेख संवाददाता ।
१०७ औं विपी जयन्तीको अवसरमा रुकुममा चियापान कार्यक्रम गरिएको छ । नेपाली कांग्रेस मुसीकोट नगरपालिकाको आयोजनामा चियापान तथा विपीको शालिकमा माल्यारपन गरिएको हो ।
जिल्ला सदरमुकाम खंलगामा रहेको विपिको सालिकमा नेपाली कांग्रेस नेता तथा कार्यकर्ताले माल्यारपन गरेपछि मुसीकोट स्थित होटेल शिशिरमा चियापान गरिएको नेपाली कांग्रेस मुसीकोट नगर सभापति महेन्द् केसीले जानकारी दिएका छन् । उनले भने, कोरोना कहरको बीचमा ठुलो कार्यक्रम गर्न नसकिएपनि चियापान र विपीको सालिकमा माल्यारपन गरेर विपि जयन्ती मनाएको हो । कार्यक्रममा नेपाली कांग्रेस रुकुमका महासमिति सदस्य तथा नीति अनुसन्धान तथा अध्ययन प्रतिष्ठानका केन्द्रिय सदस्य कृष्णबहादुर रोकाय, महाधिवेशन प्रतिनिधी सीता ओली, नेपाली कांग्रेस जिल्ला कार्य समिति सचिव गोरखबहादुर खत्री लगायत नेपाली काग्रेसका नेता तथा कार्यकर्ताका साथै भातृ संगठनका प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।

