समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभागद्वारा श्रमीकलाई राहत सामाग्री

रेखदेख संवाददाता
भदौ २३, काठमाडौं ।
श्रमीकलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण काठमाडौंका श्रमीकहरु समस्यामा पर्न थालेपछि राहत वितरण गरिएको हो ।
समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभागद्वारा कोभिड १९ नोभेल कोरोना भईरसका कारण मारमा परेका ट्रेड युनियन महासंघमा आवद्ध श्रमिकहरुलाई गौरीघाट ट्रेड युनियन कार्यालय खाधान्न सामाग्री वितरण गरिएको जनाएको छ ।
राहत वितरण कार्यक्रममा समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज दाहाल प्रमुख अतिथि रहेको थियो र विशेष अतिथि काठमाडौ महानगरपालिका वडा नं सातका अध्यक्ष शुद्ध कुमार डंगोल र महानगरीय प्रहरी वृद्ध गौशालाका प्रहरी निरीक्षक जनक ढुंगाना लगायत महासंघका केन्द्रीय समितिका पदाधिकारीहरु र महिला विभागका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि विशेष अतिथि लगायतले यस्तो संकटको बेलामा राष्ट्र निर्माण तथा देशकै आधारभुत वर्गकाको रुपमा स्थापित श्रमजीवी वर्गलाई माया गरेर राहत वितरण गरेकोमा धन्यवाद दिएका थिए ।
त्यस्तै समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय महिला विभागलाई श्रमिक वर्गकाको पक्षमा क्रियाशील रहन शुभकामना समेत व्यक्त गरेका थिए ।
गत चैत दोस्रो साता देखी फैलिएको कारोना कारण उपत्यका लगायत देशभरीका मजदुरबर्गहरु समस्या परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *