दशैलाई बोका खोज्न गएका युवा मृत फेला

सल्यान भाद्र २३
सल्यानमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कुमाख गाउँपालिका २ कैनकाडाँका १६ वर्षीय जनक खत्री सोमबार घर नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आइतबार साथीसँग दशैको लागि खसी खोज्न घरबाट हिँडेका उनी सोमबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतक खत्री भिरबाट लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सल्यानका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिएका छ्न ।
स्थानीयले दिएको जानकारी अनुसार मृतक खत्री र उनका साथी साँझसम्म सँगै भएको देखेका बिहान जनक खत्री मृत अवस्थामा भेटिएको तर उनका साथी भने घरमा भेटिएको उनको भनाई छ । थप अनुसन्धानको लागी उनका साथीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पहिले पनि उनीहरू बिचमा झगडा भएको देखिएकाले केही सोधपुछ तथा थप अनुसन्धान लागी पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *