प्रतिकुल अवस्थामा विद्यार्थीबाट शुल्क नअशुल्न आग्रह
प्रतिकुल अवस्थामा विद्यार्थीबाट शुल्क नअशुल्न नेपाल बिद्यार्थी संघ CTEVT हेल्थ साइन्स संयोजक एवं होप काउन्सिल सभापति विनोद शाही ठकुरीलेविद्यालय तथा कलेजलाई आग्रह गरेका छन् । अहिलेको प्रतिकुल अबस्थामा मुलुकमा विभिन्न शैक्षिक गतिविधि अन्योल भईरहेको बेला अधिकास शैक्षिक संस्थाका संचालकहरुले अनलाइन कक्षाको बाहनामा देशका विभिन्न ठाउँमा प्राविधिक शिक्षा अध्य्यन गर्दै आइरहेका बिद्यार्थीलाई शैक्षिक शुल्क तिर्नुपर्ने बारम्बार दवाब दिएको गुनासो आएको भन्दै संयोजक ठकुरीले विद्यालय तथा कलेजहरुलाई शुल्क कारबाही गर्ने चेतावनी दिएका हुन् ।
केहि कलेजले अनलाइन परिक्षा गर्ने गरेको भए पनि उक्त परिक्षामा शैक्षिक शुल्कको त्रास देखाएर सामेल हुन नदिएको समेत विद्यार्थीले गुनासो गरेका छन् ।
आफू यो अब्यबहारिक निर्णय बिरुद्दमा लागेर पटकपटक आवाज उठाएर अनुरोध समेत गर्दै आएको विद्यार्थी नेता शाहीले भने यस बिषम परिस्थितिमा शैक्षिक शुल्क तिर्न नसक्दा परिक्षा देखी बन्चित गराउनु गैरजिम्मेवारी भएको भन्दै बिद्यार्थी माथीको अन्याय नगर्न शैक्षिक संस्थालाई अनुरोध गरेका छन् ।
मुलुकमा कोभिड १९ ले विभिन्न क्षेत्रमा ठुलो क्षति पुर्याएको परस्थिती सन्दर्भमा जोड्दै यो समयमा सम्पुर्ण सरोकारवालाले बिद्यार्थी संग मानवीय सहानुभूति सहित सभ्य व्यबहार गर्नपर्ने शाहीले सुझाव पनि गरेका छन ।

