डोल्पामा जीप दुर्घटना,पाँच घाईते तीनको अवस्था गम्भीर
डोल्पा, २२ भदौं ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने रुखबाडामा लु १ ज ४२२९ नं को जीप दुर्घटना भएको छ । सोमबार बिहान पाँच जना यात्रु बोकेर खदाङ्ग बजारबाट फुल्चिङ्ग तर्फ जाँने क्रममा १० बजेर ३० मिनेटको समयमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर पाँच जना घाईते भएका छन् भने तीनजनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।

