जंगलमा हराएका बालककाे शव खाेला किनारमा फेला
रुकुम पश्चिम् भदौ २२ रुकुम पश्चिमकाे बाँफीकाेट ६ काे जंगलमा हराएका एक बालककाे शव खाेला किनारमा फेला परेकाे छ ।भदौ १९ गते जंगलमा बाख्रा चराउन गएको समयमा हराएका बाँफिकाेट ६ का लाल बहादुर कुसारीका १० बर्षका छाेरा खिम बहादुर कुसारी मृत अवस्थामा फेला परेका हुन ।
खाेजतलास गर्ने क्रममा साेमबार स्थानीयकाे सहयोगमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख ठ्ग बहादुर केसि जानकारी दिएका छ्न । साेहि वडाको बडगाउँ खोलाको किनारमा मृत अवस्थामा फेला परेको हुन । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी निरिक्षको कमान्डमा टोली खटेकाे छ ।

