जनताको सुरक्षाको लागि २४ सै घण्टा खटेका छौं !

सितल गिरि

भदौ १८ गते ललितपुरको पुल्चौकमा कोरोना भाइरसको महामारीका बीच ड्युटीमा खटिएका ट्राफिक प्रहरी जवान कमल प्रसाद घिमिरेमाथि केही अपराधिक मनसायका व्यक्तिहरुले निर्घात कुटपिट गरे । मन्त्रिपरिषद् बैठकले जोखिम मोलेर कार्यक्षेत्रमा खटिए वापत दैनिक ३०० रुपैयाँदेखि सत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्णय गरे पनि कार्यान्वयनमा नल्याएका कारण सरकारबाटै ढाँटिएका हामी हजारौं कमल घिमिरेहरुलाई तपाई कुटि रहनुहोस् हामि हाँसिहाँसि अहोरात्र समाज र राष्ट्रटको सुरक्षाका निमित्त खटिई रहने छौं ।आफ्नो घर परिवार नभनी राज्यका हरेक सडक तथा गाउँ स्तरका कुना काप्चामा दिनरात २४ सै घण्टा उचित साधन श्रोत विना नै आम नागरिकको जीउधनको सुरक्षा तथा सुरक्षित समाज निर्माणका लागि खटिएका नेपाल प्रहरी ।

समुदायका जनताहरु ढुक्कसंग निदाउन पाउँन भनी हामी हजारौं कमल घिमिरेहरुको कर्तव्य भनेको डट्ने र खट्ने हो भन्ने बुझी रातभरी राज्यका हरेक चोक तथा गल्ली गल्लीहरुमा पहरा दिन पाउँदा आफुलाई गौरव गर्दछौं । समाजमा अपराध न्यूनिकरण गर्न, शान्ति सुरक्षा अमनचयन कायम राख्न, समुदायसंगको समन्वय र सहकार्यमा सुरक्षित एवम् समुन्नत समाज निर्माणका निम्ति जस्तोसुकै परिस्थितिमा पनि २४ सैं घण्टा हामी हजारौं राष्ट्र् सेवक कमल घिमिरेहरु राज्यका हरेक कुना काप्चामा खटिई रहने छौं । नेपाल राष्ट्र र नेपालीको जयहोस्, जयनेपाल !! हाल काठमाडौ न्युरोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *