रेडक्रशको स्थापना दिवशको अवसरमा स्वास्थ्य सामाग्री वितरण

रेखदेख संवाददाता
भदौ १८, रुकुम । रुकुम पश्चिममा ५८ औं नेपाल रेडक्रश दिवस मनाईएको छ । रेडक्रश दिवशको अवसरमा कोराना भाईरस कोभिड–१९ को जोखिम न्युनिकरण गर्न जिल्ला कारागारका कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीहरुरुलाई स्वास्थ्य सामाग्री मास्क र साबुन वितरण गरिएको नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमका सभापति रमा गौतमले जानकारी दिएकी छिन् ।

उनका अनुसार जिल्ला कारागारका १२३ जना कैदीवन्दी, २३ जना सुरक्षाकर्मी र ९ जना जिल्ला कारागार रुकुम पश्चिमका कर्मचारीहरुलाई सामुहिक रुपमा ८५० मास्क, १६५ सावुन वितरण गरिएको छ । नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखाका सभापति रमा गौतम, स्वयमसेवक पुस्कर केसी र लुमा खड्काले सामुहिक रुपमा जिल्ला कारागार रुकुम पश्चिमका कार्यालय प्रमुख गौमता पुनलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *