किन फैलदैछ कोरोना !
“यो बैश्विक महामारीको जटिल परिस्थितीमा म चाहन्छु कसैले पनि नराम्रो सुन्नु नपरोस, नराम्रो देख्नु नपरोस र नराम्रो भोग्नु नपरोस । हामी समाजमा बस्छौं समाजमा बसिसके पछि हाम्रा केही सामाजिक उत्तरदायित्व र कर्तव्य पनि हुन्छन र ती हामीले निर्वाह गर्नु पर्ने हुन्छ । हामीले हाम्रो काँधमा आफ्ना नागरिक जिम्मेवारीहरु बोक्नु पर्ने हुन्छ । तर बिडम्बना हामी अधिकार मात्र खोज्छौ कर्तव्य र जिम्मेवारी बिर्सन्छौं । कोरोना संगसंगै हाम्रो समाजका धेरै बिसंगतीहरु देख्न र सुन्न पाईयो । यी बिसंगतीको कारण भनेको सामजिक जिम्मेवारीबोध नहुँनु र कोरोना रोगको बारेमा बिस्तृत जानकारी नहुँनु नै प्रमुख कारण भएको मेरो बुझाई हो ।”
मनोज पौडेल
नेपालमा करिव ३७ हजार व्यक्ति कोरोनाबाट संक्रमित भएका मध्ये २० हजार बढी निको भएर घर फर्कीसकेका छन् । बाँकी उपचाररत संक्रमितहरुको अवस्था राम्रो नै छ भन्ने छ र उनीहरु पनि निकट समयमै निको भएर घर फर्कने छन । यो बैश्विक महामारीको जटिल परिस्थितीमा म चाहन्छु कसैले पनि नराम्रो सुन्नु नपरोस, नराम्रो देख्नु नपरोस र नराम्रो भोग्नु नपरोस । हामी समाजमा बस्छौं समाजमा बसिसके पछि हाम्रा केही सामाजिक उत्तरदायित्व र कर्तव्य पनि हुन्छन र ती हामीले निर्वाह गर्नु पर्ने हुन्छ । हामिले हाम्रो काँधमा आफ्ना नागरीक जिम्मेवारीहरु बोक्नु पर्ने हुन्छ । तर बिडम्बना हामी अधिकार मात्र खोज्छौ कर्तव्य र जिम्मेवारी बिर्सन्छौं । कोरोना संगसंगै हाम्रो समाजका धेरै बिसंगतीहरु देख्न र सुन्न पाईयो । यी बिसंगतीको कारण भनेको सामजिक जिम्मेवारीबोध नहुँनु र कोरोना रोगको बारेमा बिस्तृत जानकारी नहुँनु नै प्रमुख कारण भएको मेरो बुझाई हो । यो बैश्विक माहामारी अहिलेको सन्दर्भ र संक्रमितहरुको संख्या हेर्ने हो भने समुदाय स्तरमा फैलिई सकेको अवस्था हो । हिजोको दिनमा बाहिरबाट आएकाहरु क्वारेन्टाइनमा थिए । पोजेटिभ देखिएकाहरुको आइसोलेसनमा उपचार भयो, कोरोना संगको लडाइ जितेर घर फर्के भने केहीले यही रोगको कारणले मृत्युवरण गर्नु पर्यो । यस महामारीको कारण ज्यान गुमाउनु हुने सम्पूर्ण आत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रती हार्दिक समवेदना प्रकट गर्दछु । कोरोनाको महामारी यति धेरै लकडाउन र पछिल्लो समयमा भईरहेका निशेधाज्ञाका वाबजुत पनि फैलनुका बिबिध कारणहरु छन । ती मध्ये केही कारणहरुको चर्चा गरौं।
१.सुचना-संप्रेसनः हिजोको दिनमा डब्लु. एच. ओ. र बि.बि.सी जस्ता संस्थाले यो एक सामान्य फ्लु जस्तै हो, त्रसित हुने अवस्था छैन तर यस रोग बिशेषको औसधी तथा खोप नबनीसकेको अवस्थामा उच्च सावधानी अपनाउनु पर्ने र सचेतना फैलाउने कुरामा जोड दिएको पाइन्छ तर बिभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालहरुमा आउने अफवाहरु तथा भ्रामक समाचारहरुले निकै त्रसित बनायो । जसले गर्दा कोरोना लागेका बिरामीहरु सामाजिक बहिष्करणमा पर्ने खतरा बढेर गयो, उनिहरु रोग देखिएको सवालमा आफूलाई एक्सपोज गर्न चाहेनन जसले गर्दा कन्ट्याक्ट ट्रेसिङमा बाधा पुर्यायो जसले गर्दा केही रोगीका सम्पर्कमा आएका व्यक्तिहरु पिसिआर टेस्ट गर्न छुटेका हुन सक्छन । यदि कसैलाई देखिएको छ भने कृपया हिम्मत जुटाउनुहोस र आफूलाई एक्सपोज गर्नुस, जसले गर्दा संक्रमणको दर घटेर जानेछ ।
२.क्वारेन्टाईन तथा आइसोलेसनमा भएका लापरवाहीः शुरुका दिनहरुमा कोरोनालाई जसरी हाउँगुजीको रुपमा स्थापित गरियो त्यसको असर प्रत्यक्ष रुपमा क्वारेन्टाइन तथा आईसोलेनमा बसेका बिरामीहरुलाई पर्यो र सामान्य जीवनजल नपाएर पनि ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना भयो । धेरै केशहरुमा मृत्यु पछि कोरोना पोजेटिभ भएको भन्ने पुष्टी भयो। जसले गर्दा जनमासमा क्वारेन्टाइन तथा आइसोलेसनमा गए मरिन्छ कि भन्ने त्रास बढेर गयो र सम्भाव्य बिरामीहरु पनि चेक जाँचको लागि कहीं कतै नगै घरमै बसे, यसले समुदाय स्तरमा रो फैलन सक्ने संभावना र जोखिम दुबै बढायो ।
३.सामाजिक अपहेलनाः कोरोनाको महामारिमा अग्रपंतीमा उभिएर उच्च जोखिममा रही कार्य गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा उनीहरुको आत्मबल बढाउनको लागी स्यावासी दिनुपर्ने ठाउँमा धेरै स्थान बिशेषहरुमा अपहेलना तथा तिरस्कारको शिकार हुनु पर्यो, स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, टोल(छिमेकमा बस्न नदिने सम्मका कुरा सुन्न पाइयो। कति लाजमर्दो कुरा, यसले देखाउँछ हाम्रो समाजको असली रुप । स्वास्थ्यकर्मीहरु आफै सचेत र सावधानी पुर्बक रहेका हुन्छन र आफ्नो कारणले अरुलाई नसरोस भनेर सतर्क पनि रहन्छन । यी कुराहरुले उनिहरुको मनोबल घटाउने काम गर्यो भने अर्कोतिर उनिहरुलाई यदि मलाई कोरोना भैहाल्यो भने सामाजिक बहिष्करण त हुनु पर्दैन भन्ने डरले बिरामी र स्वास्थ्यकर्मी बिचमा दुरी कायम गर्यो । यसका साथै सामान्य मानिसमा पनि यदि कोरोना देखियो भने आफू सामाजिक अपहेलनाको मारमा पर्ने डरले गर्दा संकुचित हुन पुगे ।
४.सरकारको लापरवाहीः सरकारले समयमै यो वैश्विक महामारी नेपालमा पनि फैलन सक्ने उच्च जोखिमलाई नोटिस गर्न सकेन जसको कारणले साबधानी र पूर्व तयारीहरु राम्रो संग हुन सकेनन् । क्वारेन्टाइन सेन्टर र आइसोलेसनहरु कमजोर तथा न्युनतम सुबिधा बिहिन रहन गए । स्वास्थ्य मन्त्रालय बाट लक्षण नदेखिएकालाई सिधै गर पठाउने भन्ने सर्कुलर समेत जारी भयो जसले गर्दा कतिपय मानिसहरु गाउँघर पुगिसके पछि लक्षण देखियो र समुदायमा संक्रमण फैलिने जोखिम बढेर गयो, जसको परिणाम हामी अहिले देख्दै छौं । सरकारी स्तरबाटै समय(समयमा यो त केही होइन भन्ने जस्ता अभिव्यक्तिहरुले जन(समुदायमा, जडिबुटि, अदुवा, बेसार खाएका हामी नेपालीहरुलाई यो रोगले छुदैंन भन्ने जस्ता भ्रम सिर्जना हुनपुग्यो यसले असावधानी तथा चरम लापरवाहीको वातावरण निर्माण भयो ।
५.मजदुर सम्बोधनः सरकारले निम्न आय भएका मजदुर तथा दैनिक ज्यालादारीमा काम गरी जिविकोपार्जन गर्नेलाई प्राथमिकतामा राखि बिशेष राहत प्याकेजहरु ल्याउने, उनिहरुको बस्ने खाने व्यबस्था गर्ने गर्न सक्नु पर्दथ्यो जुन कुरा सम्बोधन हुन सकेन। जसले गर्दा उनीहरु अझ बढी आर्थिक मारमा त परे नै साथै आजको दिन सम्म आइपुग्दा रोगले भन्दा पनि बढी भोकले मर्नसक्ने वातावरण बन्यो र उनीहरु काम गर्न समुहमा बस्न सुत्न बाध्य छन् जसको असर कोरोना संक्रमणमा पनि पर्यो।
६.आफ्नोपन तथा विश्वासः बिशेष गरि आफ्ना इष्टमित्र, साथीभाई, छिमेकी, सहकर्मी आदिलाई उनीहरुले पनि साबधानी अपनाएकै छन, उनिहरुलाई कोरोना छैन भन्ने आफ्नोपन र बिश्वासको कारणले उनिहरु संग सामाजिक दुरि र सावधानी तथा सतर्कता नअपनाएको कारणले पनि संक्रमण बढेको देखिन्छ । यस कुरामा पनि समयमै सजक र सतर्क हुन जरुरी छ ।
हामीले सुनिरहेको र मैले पनि बारम्बार भनिरहेको कुरा के हो भने कुनै पनि संक्रामक रोगले महामारीको रुप लिएमा सो महामारिको चेन ब्रेक गर्नु अपरिहार्य रहन्छ। भाइरस आफै फैलदैन यो फैलनको लागी कुनै माध्यम चाहिन्छ । अहिलेको हकमा मानिस नै रोग फैलाउन सक्ने प्रमुख माध्यम भएको सन्दर्भमा लकडाउन नै यस माहामारी बाट बच्ने, बचाउने तथा निरन्तर फैलिइरहेको यस भाइरसको चेन ब्रेक गर्न सकिने एक प्रमुख आधार थियो। हिजोको दिनमा सरकारद्वारा लकडाउनलाई व्यवस्थित गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङ र चेकिङ अनि क्वारेन्टाईन र आइसोलेसनलाई तिब्र गतिमा लगि संक्रमणको अवस्था निर्मुल भएमा, संक्रमित सबै पत्ता लागि उपचारको क्रममा रहेको र अन्य संक्रमित थपिन सक्ने सम्भावना नरहेमा रोगको आधिकारीक खोप तथा औसधी बनेको तथा सजिलै सर्वसुलभ रुपमा उपलव्ध हुने वातावरण सिर्जना भएमा वा राष्ट्रले जस्तो सुकै बिषम परिस्थितिमा पनि संक्रमित हुने तथा सम्भाव्य सबैलाइ औसधोपचारको लागि ग्यारेन्टी गर्न सक्ने जन साधन तथा सुबिधाको सु(निश्चितता गरेर मात्र लकडाउन खोल्नु पर्ने हुन्थ्यो तर त्यो अवस्थाको महशुस नहुँदै लकडाउन खुलेकाले समुदायमा संक्रमित हुने संभाबना बढेर गयो जसको प्रतिफल अहिले हामीले देखिरहेका छौं ।
आजको दिनमा लकडाउन खुलिसकेको अवस्थामा कसैलाई कोरोना पोजेटिभ देखिएमा तत्काल निशेधाज्ञा लगाउन जरुरी र निर्बिकल्प नै जसले गर्दा कन्ट्याक्ट ट्रेसिङ गर्न र संक्रमण फैलन सक्ने जोखिमलाई न्युनिकरण गर्न सकिन्छ तर हप्तौं निशेधाज्ञा जारी गर्दा फेरी पनि स्थानीय सरकार तथा प्रशासनले निम्न आयस्तर भएका र दैनिक ज्यालादारीमा जिविकोपार्जन गर्नेलाई सम्बोधन गर्नु पर्ने हुन्छ जसको अभाव देख्छु मैले। स्मरण रहोस सबैले बाँच्न पाउने अधिकार छ र कोही भोकै मर्न नपरोस् भनेर सचेत त हुनै पर्छ सम्बन्धित सबै सरोकारवालाहरु ।
आजको अवस्थामा कृपया घरमै बसौं सुरक्षित रहौं, सरकारको आदेशको पालना गरौं, उच्च साबधानी अपनाऔं, आफू मानवताको परिचय दिऔं, सहयोग र सहानुभुति प्रदान गरौं, वाँचौं र अरुलाइ पनि बचाऔं ।

