कच्र्याप्पः कोर्न्याउ सवाइ

 “यो चिर्कोबजिङ्गो पर्ने समुअ पनि त्यति नाम्रो ह्रइन्च । सित्ति डरौमर्नु रोग ह्रइन्च तो ह्रन पनि । उताबाट ता सोक्कोलो पार्दै ल्याल्यो गरे । ह्याँ पनि झुलुक्क झुल्किँदै लुसुक्क लुग्दै गरिरह्याउछ गरै । ह्याँको मुलुकलाई कइबल सोक्कलो पार्च । सल्क्यो भने ता सल्क्यो सल्क्यो प । न टकटक्याउँदा झर्न्या, न फस्ट्याइकन जान्या । ह्याँको भुनो मुलुक । नगर भनी मान्न्या भया पो हुँदो । उल्काबिल्का अन्नेरीकुन्नेरी नहुनै गर्चन् । सल्क्यो भन्या ता भुटकुट पार्ने ता होला ।”

– कोचलगाँरो

कोले भन्त्यो गरे नपाउन्याले छोरो पायो खेलाई खेलाई मार्‍यो । काम पाइनै ब्वारी लुत्या पाराउ कन्नो कन्या ।

यताफुर्नु ता तेस्तै भयाउछ हेर्नोई । माज होला र नखनौलाउ बेथा ह्रच हेर्नोइ । हुक्कीमर्नु बनाल्यो प । कोइले भाइरपाइ निस्किन पा छैनन् । लख्यालखीले पर्न पा छैनन् । टारा माइत हुने स्वान्चरीकेराटीले माइतपाइ पनि जान पा छैनन् । दोकान्याले दोकान खोल्न पा छैनन् । दुख्खसुख्खका कुरा गर्न पनि छार्रेल्यो मुलुकले । ह्वाँति गो कोरुन्या कुरा । ह्वाँति गो कोरुन्या कुरा । रिरिओटिवि खोल्यो तेइखा कुरा । फुन हान्दा तेइ उठाउँदा तेइखा । स्यानो अच्चम्मौ मर्नु होला र । बाख्राबल्ललाई मोगारो लाऊ त थापाउँथ्याँ यो मान्छा जातलाई मोगारो लाउनुपर्ला भनी कैल सोच्याउहुँदाउ र मले त ।

हुक्किकिन ता भन्यो प एउटी स्वान्चरीले जाङा तर्दै गालले सक्केल्ती गरे त्यो कोरन्यालाई हर्र्या बाँसा घोचानु ठनठनी बानीकिन पोलिसल्काउनु होइजावई । गारीधौँसी गइजावइ । यो गाउँपाइ तेखो बिब्या पाइलो कैलै नफर्केवै । खरान्नेइनि उराइजावइ । हिवैँनि बिलाइजावइ । भनिकिन ।

पैला जमानाजस्तो भया ता यो कस्ट क्यार्न सल्किँदो र । उइल ता भस्मेइ चोखिनिति गर्त्या । लुगा नफेरी भान्छामा पाइलो टेक्न पाइन्नत्यो । ब्यानब्यान गाईका गोवरले देलो पोत्त्या । गाईको गउँत खाइकिन चोखिन्त्या । अर्काले छुयाउ खान्नत्या । बासी भात खान्नत्या । ब्यानब्यानै लुगैसित न्वाउँत्या । हर्र्योपर्यो मार्तै खान्त्या । अइलै पनि कोरा बार्न्याहरु अरुसित छुइन्नन् गरै । दैवले तेस्तै सिगाउन खोज्याऊ हो कि क्या हो प । यो भुनो मुलुकले ता तेस्ता चाइने कुरा काँतिबाट सिक्दो र । नचाइने कुरा भया ता कच्चाँरी टिप्च भन्या भनी क्यार्दान र । कोरुन्या आइकिन मुलुकले ता जातिपिति गर्न लाइयो बालौ ।

पिठ्ठ्यापछि भन्यो भन्नुहोला मले ता कत्ति पत्याउ छैन लाई । कोइखा फसङ्ङा ठराउछु मले ता । हो तो यो कष्ट आयापछि चिर्काले तीनसय मान्छ ढल्ल्या गरे । ह्वाँदेखुन् झुन्निकिन चारसयले ज्यान फाल्लेल्या । त्याँदेखि पैरानु परिकिन पाँचसय जनाउ काल भैयो गरे । घाँसदाउरा गया कति लोटि मर्चन् । अरु बेथाले दिनमा मार्तै पचासजना मर्चन् तो गरे । जाबो रुगा त हो गरै । उइलफुर पनि रुगा बिग्र्यापछि कति मर्त्या कति । यले ता जातिपिति कति मर्‍या छन् र नि ? भाराबैरागौ मर्नु ता भइयो नि । मान्छले तेत्तिकै ह्वाँइँह्वाइँ ब्वाइँब्वाइँ गर्रेल्चन् ।

हुन ता नपत्याइकिन पनि क्यार्दान् र । यो चिर्कोबजिङ्गो पर्ने समुअ पनि त्यति नाम्रो ह्रइन्च । सित्ति डरौमर्नु रोग ह्रइन्च तो ह्रन पनि । उताबाट ता सोक्कोलो पार्दै ल्याल्यो गरे । ह्याँ पनि झुलुक्क झुल्किँदै लुसुक्क लुग्दै गरिरह्याउछ गरै । ह्याँको मुलुकलाई कइबल सोक्कलो पार्च । सल्क्यो भने ता सल्क्यो सल्क्यो प । न टकटक्याउँदा झर्न्या, न फस्ट्याइकन जान्या । ह्याँको भुनो मुलुक । नगर भनी मान्न्या भया पो हुँदो । उल्काबिल्का अन्नेरीकुन्नेरी नहुनै गर्चन् । सल्क्यो भन्या ता भुटकुट पार्ने ता होला ।

अरु कष्टजस्तो भया भन्नु । त्यो बेथा लाग्यालाई छुनाउ नाउ हेर्नै नपाइन्या गरे ।  सास जाँदा एक घुट्को हिरन नपाइन्या गरे । सतगति ता जेसुनि मर्दो मलाम्या नाउ घरा परेल पनि सास जाँदा नपाइन्या गरे । सास गो भन्या ता लास जङ्ङलमा लगी फाल्दिन्चन् गरे । स्यालगिद्दले लास लुच्छन् गरे । तेस्तो बेथा ता यतापाइ कैलै नआवई बाल् ।

तेखो माज बेथा जाँच्ने ठाँरो पनि चट्कपट्क छारिफाल्याइ गैजाला र ! को सत्तुरले ल्याइत्यो चौरजारीनु । सक्की उइ मान्छलाई पुजिटि देखाउन्या ! सक्की उइलाई निगिटि देखाउन्या ! के भयाउ ठाँरो हो आफू । सक्की “सप्पैलाई लाइयो !” भन्दिन्च र गाउँल्यालाई सास न बास पार्च । सक्की “बलै भन्चु बारे कोइलाई लाग्याउछैन !” भन्दिन्च र मान्छहरुलाई उल्लै उच्चिनेमच्चिने बनाल्च । हुल्लबुज्ज भयाबाट पैँसा खुसुखुसु थुत्याउ छ । त्यो ठाँरो ता कोइकोइलाई ता कमाई खाने भाँरो प भयाउछ । भनी क्यार्दान् र बैरागौ मर्नु । काग्गोउ भाग खान्चु भन्दा बाब्बौ भाग हराउँचन्, हुनि थापाउँचन् ।

उइला मान्छले “अनिकालनु बिउ जोगाउनु, हुलमुलनु जिउ जोगाउनु !” भन्त्या साँच्चै ह्रच तो ह्रन पनि । हुलमुलमा गयालाई ता उल्लै सल्किजान्या ह्रच तो नि ?

कोखा कुरा पत्याउँदान् कोखा कुरा पत्यान्नान् र बलै । हरिबाटै नाम्रो क्या हो, ननाम्रो क्या हो भन्ने आउनुपर्ने ह्रच । कागले कान लैयो भनिकन कागा पच्छेट डुग्रिनु भैन गरै । होइन्तो ? कुरा ता सप्पैका सुन्नुपर्च प । हाँसइनि हिलोमा थोत्नो गारिकन हिलोहिलो उछिट्याउँदै पानीपानी खायाजस्तो गरिकिन ननाम्रा कुरादेखुन् नाम्रोनाम्रो कुरा मार्तै सिग्या ता कति हुँदो क्या लाई ।

डाङ्डर, सिपाइ, पर्तकारहरु हाम्रैपत्त ज्यान मुठीमा ह्रागिकन हाम्रै सेवामा रातदिन जोत्त्याछन् । तिनीहर्रोऊ जाङर मार्दिनु भैन पो । बरु तिन्खो चित्त ठूलो पार्ने गरी सरसयोग गर्न सग्या नाम्रो हो ।

हुन्च होइ तो । नसल्किनुहोला । नजल्किनुहोला । नपल्किनुहोला । नढल्किनुहोला ।

एइ अइनमौकामा जे फाँर्रेला फाँर्रेला यौटो सवाइ पच्काल्चु है तो । कान ठारा पार्रेल्नुहोला ।

सुन सुन सातेउ यौटो कुरो भन्चु

महामारी कोर्न्याको सवाइ कहन्चु ।

मोगाराले छपक्कै मुख बुज्नुपर्न्या

सापनपानीले मिचिमिचि हात धुनुपर्न्या

 

हातबाट थुकबाट सासबाट सर्न्या

आङमा पस्यापछि भाउँतोभाउँतो गर्न्या

काँसो पनि बर्न्या, जरो पनि चर्न्या

छाद्दछेर्र उँदउम हुल्लबुज्ज पार्न्या !

 

मान्छ देख्यापछि मान्छै डर्न्या

उईदेखुन् आठहात टारा भाग्नु पर्न्या

हिरन, सदगति नपाई मार्न्या

हमछि काँतिबाट बैतर्नी तर्न्या !

 

नेता लबाग्ग्या यैखो राजनीति गर्न्या

आफै गर्नु काँ छ काँ छ जन्तालाई घोर्न्या

लामो हात पार्न्या ढुकुटी चोर्न्या

बरु सासै गैजावइ सुक्को नछोर्न्या ।

 

सातपुस्ताउ आज्जै सम्पत्ति जोर्न्या

भाग पाइनँ भन्दै भगारी फोर्न्या

अरुलाई भाँर्न्या आफ्नालाई तोर्न्या

मौका यै हो भन्दै आफ्नै गोजा भर्न्या

 

सुन सुन सातेउ महामारी कोर्न्या

सम्जील्याउँदा पचक्क टिम्की पर्न्या ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *