विहे गर्छु भन्दै बलात्कार गर्ने प्रहरी फन्दामा
रेखदेख संवाददाता
साउन २८, सल्यान ।
सल्यान जिल्लामा विवाह गर्छु भनि प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा सल्यान प्रहरीले एक जना युवाकलाइ पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नं.६ बरलाका २७ वर्षीय प्रकाश परियारलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार प्रहरीले प्रक्राउ गरेको हो ।
सल्यान कालिमाटी गाउँपालिका ३ स्थायी घर भई शारदा नगरपालिका ६ मा बस्दै आइरहेकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
२५ गते राती बरलाको दौरेडाँडा भन्ने ठाउँमा विवाह गर्छु भनि प्रलोभनमा पारी जबरजस्ती करणी गरेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा सूचना अधिकारी उमाकान्त जोशीले बताए । पक्राउ परेका परियारलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

