रुकुमेली सामुदायिक अस्पतालले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

रेखदेख संवाददाता
साउन २७, रुकुम । रुकुम पश्चिमको एक स्वास्थ्य संस्थाले सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  मुसीकोट स्थित रुकुमेली सामुदायिक अस्पताल प्रा.लि.ले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।
कोरोना भाईरस न्युणीकरणको लागि अग्रभागमा खटिएका नेपाल प्रहरीलाई कोरोना संक्रमण बाट बच्नको लागि सुरक्षाकर्मीहरुलाई प्रदान गरिएको जनाएको छ ।
स्वास्थ्य सामाग्री अन्र्तगत नेपाल प्रहरीलाई स्यानिटाइजर २ लिटर र सजिकल माक्स ५०० सय थान प्रदान गरेको अस्पतालका व्यवस्थापक हरिबोल भारतीले जानकारी दिएका छन् । उनका अनुसार
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरि ओलीलाई अस्पतालको तर्फबाट स्वास्थ्य सुरक्षा सामाग्री हस्तारण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *