मुसीकोट बजार एक सातासम्म सिल

रेखदेख संवाददाता
साउन २७, रुकुम । रुकुम पश्चिमकाे सदरमुकाम मुसिकाेट खलंगा बजार बुधबार बाट भदौ २ गते सम्मकाे लागि सिल हुने भएको छ ।बजारमा काेराेना भाइरस संक्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले सिल गर्ने निर्णय गरेको हाे ।२८ गते बिहान ४ बजेदेखि भदाै २ गते राती १२ बजेसम्म स्वास्थ्य सेवा कार्यालय सल्ले देखि खलंगा बजार हुँदै शितलपाेखरी चाेकसम्म र पिपलनेटा देखि शेरीगाउँ हुँदै वडा नं. ६ काे कार्यालयसम्मकाे चार किल्ला सिल हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।सिल गरिएको समयमा पसल ,व्यवसाय ,सार्वजनिक यातायात आदि पुर्ण रुपमा बन्द रहने छन । पास भएका तथा विरामी बाेकेका एम्बुलेन्स आदि जस्ता अति आवश्यक सेवाहरु भने संचालन हुन दिने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पाैडेलले जानकारी दिए ।

यस्तै अति आवश्यक सेवाहरु र अति आवश्यक सवारीसाधनहरु पनि संचालन रहने जिल्ला प्रशासनले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।उक्त अवधिमा नियमकाे उलंघन गरे कानुन बमोजिम कार्वाही गरिने प्रशासनले जनाएको छ ।साेमबार कपाल काटने एक व्यक्तिमा काेराेना भाइरस संक्रमण फेला परेपछि प्रशासनले यस्तो कदम चालेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *