सुनको भाउ ह्वातै घट्यो

बुधबार सुनको भाउ ह्वातै घटेको छ । यसदिन सुनको भाउप्रति तोला ६ हजार २ सय रुपैयाँले घटेको हो । विगतमा बेस्सरी चुलिएको सुन अब घट्ने क्रममा लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा आएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रतितोला २२५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ६ सय रुपैयाँ थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार १ सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १४ सय ३५ रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि भारी गिरावट आएको हो । भाउ अझै तल झर्न व्यवसायीहरुले अनुमान लगाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *