आगलागी पीडितलाई ७ लाखको राहत वितरण

रेखदेख संवाददाता
साउन २३, रुकुम ।
आगलागी पीडितलाई राहत वितरण गरिएको छ । उद्योग वानिज्य संघ रुकुम पश्चिमले आगलागी पीडित व्यवसायीहरुलाई राहत वितरण गरेको हो ।
राहत स्वरुप आमा कपडा पसल ३ लाख रुपैयाँ, हिमालय फेन्सी स्टोरमा २ लाख, शाईकुमारी स्टेशनरी पसललाई १ लाख ५० हजार र सगरमाथा फेन्सी पसललाई ३० हजार रुपैयाँ राहत वितरण गरेको उद्योग बानिज्य संघ रुकुम पश्चिमका संयोजक पहल खड्काले जनाए । उनले भने, ‘मुसीकोट बजार क्षेत्रका व्यापारीहरुबाट सहयोग संकलन गरी उद्योग वानिज्य संघले राहत वितरण गरेको हो ।’ उनका अनुसार रविन्द मोवाईल पसलका असमायिक निधन भएको प्रति समवेदना प्रकट गदै रु २० हजार रुपैयाँ प्रदान गरेको हो ।
राहत स्वरुप सबैभन्दा वढी ग्लोबल आइएमी बैकका अध्यक्ष चन्द्र ढकालले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए । त्यस्तै दलबहादर खड्का एभरेष्ट बहुसेवा प्रा.लि.ले २५ हजार ५० रुपैयाँ, आशा ट्रर्डसका प्रोप्राईटर मोहविर खड्काले २५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।
त्यस्तै रुकुम जिल्लाका व्यापारीहरुले १ सय ५० देखी २५ हजार रुपैयाँ सम्म सहयोग गरेको जनाएको छ । ७ हजार ५ सय देखी माथिको रकम सहयोग गर्ने १४ जना उद्योगी व्यापारीहरुलाई उद्योग वानिज्य संघ रुकुम पश्चिमले सम्मान समेत गरेको छ ।
गत माघ २९ गते मुसिकोट नगरपालिकाका १ खंलगा बजारमा विद्युत सटभई ४ वटा पसलमा क्षती भएर दुई करोड ४० लाख रुपैयाँको क्षती भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *