आठविसकोटका २सय ५५ घरपरिवारको मकैवालीमा क्षती

सुनिल महर
साउन २३, रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं.१३ का विभीन्न ठाँउहरुमा गएको मंगलवार र बुधारवार अविरल वर्षासँगै आएको हावाहुरीले लाखौँको उक्त क्षती गरेको हो ।
साविकको घेत्मा गाविसको ४,५,६,७ ४ वटा वडाहरुका विभिन्न ठाँउहरु लटा ,हाम्पा ,गाँउवारी ,पाखा भल्मा ,धारा गरेना लगाएतका दर्जन बढी बस्तीहरुमा लगाइएको मकै वालीमा क्षती पु¥याउदा झण्डै २सय ५५ घरपरिवारको समस्यामा परेको वडा १३ नम्वर वडा सदस्य तेजबहादुर पुनले जानकारी दिएका छन् । उनका अनुसार अन्दाजी ११ सय १४ मुरी उत्पादन हुने मकैमा क्षती पुगेको छ । साथै यसको मुल्य २२ लाख २८ हजार हुने वडाध्यक्ष पुनले जनाए ।
मकै वालीमा लगातार हावाहुरीले क्षती गर्ने क्रम अझैँ पनी नरोकिएको स्थानीय टेकबहादुर थापाले जनाए ।
उता किसानहरु मकैमा क्षती पुगेपछी राहत भने पाउन सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *