त्रिवेणीको घटना बारे नेविसंघको विरोधः ‘त्रिवेणीको २५ लाख क–कसको छ हात’ ?

रेखदेख संवाददाता ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको घटनाको विषयमा नेपाल विद्यार्थी संघ रुकुम पश्चिमले विरोध जनाएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम

?

पश्चिमको प्रागनमा १० मिनेट मौन धर्ना दिएर नेपाल विद्यार्थी संघले विरोध जनाएको हो ।
गत आर्थिक वर्ष २०७६÷०७७ को त्रिवेणी गाउँपालिकाको रु. आर्थिक वर्ष २०७६र०७७ को २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ लेखापाल हेमन्त, उनकी पत्नी बिर्मा र लेखा सहयोगी सुवासले अनधिकृत रूपमा आफ्नै खातामा राखेका थिए । विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि त्रिवेण गाउँकार्यपालिकाले चासो व्यक्त गरेको थियो ।
गाउँपालिकाको ठुलो रकम आफ्नो श्रीमती र भतिजाको नाममा जम्मा गरेको समाचार बाहिर आएको र रातारात हिसाव मिलान गर्न गाउँपालिकामा बसेको अवस्थामा गाउँपालिकाका लेखापाल सहित ४ जनालाई बिहिबार राती प्रहरीले पक्राउ जनाएको थियो ।
पक्राउ परेका ४ जनालाई अनुसन्धान नगरी छोडेको भन्दै नेपाल विद्यार्थी संघले विरोध जनाएको ने.वि. संघका निवर्तमान केन्द्रिय सदस्य तारक केसीले जानकारी दिएका छन् । उनले भने, जनताको करबाट उठाएको पैसा मनपरी ढंगले आफ्न्तको खातामा राख्नुले स्थानीय तहको भ्रष्टाचार छताछुल्ल भएको छ ।

?

यसको सत्यतथ्य छानविन गरी दोषि माथि हदैसम्मको कारवाहीको माग गरेको केसीले बताए ।
त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी उनकी श्रीमती विर्मा र भतिजा सुवासको खातामा जम्मा भएको सरकारी रकम फिर्ता भएको छ । तीन दिनमा ४ पटक गरी गाउँपालिकाको सञ्चित खातामा २४ लाख ९२ हजार ३ सय ७२ रुपैयाँ फिर्ता गरेको जनाएको छ ।

यस विषयमा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले छानविन भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *