रुकुम पश्चिमका मास्क नलगाउने ४९ जना कारबाहीमा

रेखदेख संवादादाता ।
साउन २ रुकुम पश्चिम ।
रुकुम पश्चिममा मास्क नलगाउने ४९ जना कारबाहीमा परेका छन् । नेपाल सरकार गृह मन्त्रालयको गत असार २२ गतेको निर्णय अनुसार ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मास्क नलगाई हिडडुल गर्नेलाई कारबाही गर्ने निर्देशन दिएको थियो । उक्त नियमको रुकुम पश्चिममा कडाई साथ कार्यान्वयन गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिएका छन् । उनका अनुसार–मास्क नलगाई हिड्नेलाई कारबाही गर्ने अभियानलाई तिव्रता बनाएको छ ।
कोरोना भाईरस (कोभिड–१९) को जोखिम वढीरहेको कारण मास्क नलगाई हिडडुल गर्नेलाई कारबाही अभियानलाई तिव्रता बनाएको प्रजिअ पौड्यालले जानकारी दिएका छन् । विहीबार र शुक्रवार विहान सम्म ४९ जना मास्क नलगाई हिड्नेलाई कारबाही गरिएको प्रहरी निरक्षक हरि ओलीले जानकारी दिएका छन् ।
मास्क लगाई हिड्नेहरुलाई एक सय रुपैयाँको जरिबाना समेत काटिएको छ । जसबाट रु.४ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । मास्क नलगाई हिड्नेलाई सम्झाई बुझाई गर्ने र एउटा मास्क समेत प्रदान गर्ने गरिएको छ । रुकुम पश्चिममा हाल सम्म २० जनामा कोरोना पुष्टी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *