पुथाका सबै वडामा वोयर जातका बाख्रा वितरण गर्ने
रेखदेख संवाददाता
असार २३, रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपलिकाका सबै वडामा वोयर जातका बाख्रा वितरण गरिने भएको छ । आर्थिक वर्ष २०७६÷७७ को बजेटबाट पुथा उत्तरगंगा गाउँपालिकाको १४ वटै वडामा बाख्रा वितरण गर्ने तयारी गरिएको पुथाउत्तरगंगा गाउँपालिकाका कृषि विकास शाखा प्रमुख सन्तोष ओलीले जानकारी दिएका छन् । उनले भने, ‘ चालू आर्थिक वर्षको पुथाउत्तरगंगा गाउँपालिकाको रु ४ लाख २० हजार बजेटबाट बोयर जातका बाख्रा तथा बोका खरिद गरी वितरण गरिनेछ ।’
जसबाट १४ वटा बाख्रा र ६ वटा बोका खरिद गर्ने तयारी भएके छ । बोयर जातका बाख्रा खरिदको लागि एक टोली तनहुँ जिल्ला गएको र छिट्टै वितरण गर्ने तयारी भएको जनाएका छ ।

