ओरेक रुकुमद्धारा १८५ जना सुत्केरी र गर्भवतिलाई खाद्यान्न वितरण

रेखदेख संवाददाता रुकुम । ओरेक नेपाल रुकुमले सुत्केरी र गर्भवति महिलालाई खाद्यान्न वितरण गरेको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ र ५ वडाका ४१ गर्भवति र ६८ सुत्केरी गरी जम्मा १ सय ९ जना र बाँफीकोट गाउँपालिकाको वडा नं. १ र २ मा २८ गर्भवति र ४६ सुत्केरी गरी जम्मा ७४ जना सुत्केरी तथा गर्भवति महिला हरुका साथै एक जना अति विपन्न र एक जना अपांग गरी जम्मा १सय ८५ जनालाई खाद्यान्न वितरण महिला पुनस्र्थापना केन्द्र (ओरेक) का जिल्ला कार्यक्रम संयोजक दुर्गा बजगाँईले जानकारी दिएकी छिन् ।

उनले भनीन,‘बाँफीकोट र त्रिवेणीका  १८३ जना गर्भवति तथा सुत्केरी महिलाहरुका  साथै एक जना अति विपन्न र एक जना अपांग गरी जम्मा १सय ८५ जनालाई खाद्यान्न वितरण गरिएको हो ।’
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड ‐१९ )को समयमा सुत्केरी तथा गर्भवति महिलाहरु जेखिममा रहेको हुँदा खाद्यान्न तथा सरसफाई समाग्रीहरु वितरण गरिएको संयोजक बजगाँईले बताईन् ।

ओरेक रुकुमले दाल, चामल, नुन, तेल, साबुन, सेनिटाईजर, ग्लोब्स आदि वितरण गरिएको थियो । सुत्केरी र गर्भवतीसँगै त्रिवेणी स्वास्थ्य शाखा र बाँफीकोट स्वास्थ्य शाखामा सर्जिकल ग्लोब्स वितरण गरिएको जनाएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) रुकुमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *