चौरजहारीमा एक करोडका भैसी वितरण
रेखदेख संवाददाता
असार २३, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले एक करोड मुल्यका भैसी वितरण गरेको छ । कर्णाली प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको एक करोड रुपैयाँबजेट बाट चौरजहारी नगरपालिकाले भैसी वितरण गरेको हो ।
जसमध्ये ९० लाख रुपैयाँका १५० भैसी र ३ लाख ४० हजारका राँगा गरी ९३ लाख ४० हजारका भैसी राँगा वितरण गरिएको छ । भने रु. ५ लाख रुपैयाँको पशु बीमा गरिदिएको चौरजहारी नगरपालिकाले जानकारी दिएको छ ।
चौरजहारी नगरपालिका भैसी पालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुई वटा पकेट क्षेत्र निर्माण गरेको छ । जसमध्ये चौरजहारी नगरपालिका वडा नम्वर ४ र ५ वडाको एउटा पकेट र वडा नं. ११, १२ र १४ वडालाई समेटेर अर्को पकेट क्षेत्र घोषणा गरिएको चौरजहारी नगरपालिकाका उपप्रमुख राधा रोकाले जानकारी दिएकी छिन् ।
उनले भनिन, नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन भैसी पालन व्यवसायलाई प्रोत्साहन गरिएको छ ।
चालू आर्थिक वर्षको बजेटबाट यस नगरपालिका क्षेत्रभित्रका १ सय ५३ घरपरिवारलाई भैसी वितरण गरेको पशु सेवा केन्द्रका कार्यालय प्रमुख गणेश वुढामगरले जानकारी दिएका छन् । उनले भने, पशु पालन व्यवसायमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले किसानलाई भैसी वितरण गरिएको हो ।
उनका अनुसार नगरपालिका क्षेत्रभित्रका करिव १ करोड रुपैयाँको टेन्डर प्रक्रिया बाट मोरराक्रस जातका ३ वटा रागाँ र १५० वटा भैसी किसानहरुलाई वितरण गरिएको पशु सेवा शाखा प्रमुख बुढाले जानकारी दिएका छन् ।

