रुकुममा शनिबार पनि बैक खुल्ला रहने !

रेखदेख संवाददाता रुकुम । रुकुममा शनिबार पनि बैक खुल्ला रहने भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा रहेको नेपाल बैक लिमिटेडले आगामी शनिवारहरुमा पनि बैकले सेवा दिने भएको छ ।
बैकमा अत्याधिक भिड हुन थालेपछि शनिबार पनि बैकले कारोबार सञ्चालन गर्ने नेपाल बैक लिमिटेड रुकुम शाखाका प्रवन्धक ससिराम केसीले जानकारी दिएका छन् । उनले भने, ‘पछिल्लो समय बैकमा अत्याधिक भिड भएका कारण शनिबार सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।’
गत चैत दोस्रो साता देखी देश बन्दाबन्दी भएपछि विकास निर्माणको निकासा, सरकारी तथा गैरसरकारी संस्थाको कर्मचारीको तलब भत्ता निकासा तथा सामाजिक सुरक्षा भत्ता वितरण गर्न अत्याधिक कामको चाप भएका कारण शनिबार पनि बैकले सेवा प्रदान गर्न प्रवन्धक केसीको भनाई रहेको छ ।
आईतबार देखी शुक्रबार सम्म विकास निर्माणको भुक्तानी र अन्य बैङकीङ कारोबार गर्ने र शनिवार सामाजिक सुरक्षा भत्ता अन्र्तगत बृद्धा भत्ता, एक महिला भत्ता लगायतको काम गर्ने बैकले जनाएको छ ।
पछिल्लो समय संघीयतामा प्रवेशगरेसँगै सामाजिक सुरक्षा भत्ता पनि बैकबाट निकास हुने गरेको छ । बैकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोकिएको मुसीकोट नगरपालिकाका उपप्रमुख प्रेमकुमारी सुनारले बताईन् । उनले भनीन, नगत वितरण गर्दा सेवाग्राहीबाट गुनासो आउँन्े गर्दथ्यो, बैकबाट वितरण हुने भएपछि गुनासो आउन छोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *