ख्याल गर्नुहो्सः मास्क नलगाई हिँडे पक्राउ पर्नुहोला नी ?

सार २२, काठमाडौं । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण उच्च जोखिममा रहँदा पनि सार्वजनिक स्तरबाट वेवास्ता भएको भन्दै मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न भनेको छ ।

मन्त्रालयले सोमवर ७७ आटै जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै उक्त निर्देशन दिएको हो । उक्त नियम सोमवारबाटै लागू भइसकेको पनि गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

अव स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाईकन बाहिर हिंडडुल गर्नेलाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही हुने छ ।

खुकुलो लकडाउनमा पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले खुकुलो लकडाउनको नीति उल्लंघन गरेको भन्दै मन्त्रालयले उक्त निर्देशन दिएको हो ।

खुकुलो लकडाउनमा स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी काठमाडौं पनि संक्रमणको उच्च जोखिममा पाइएको भन्दै गृहले उक्त निर्देशन कडाईका साथ लागू गर्न प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गरेको हो ।सरकारले गत असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *