रुकुमको मानव अधिकारको विषयमा नागरिक समाजको ध्यानार्कषण
रेखदेख संवाददाता ।
असार २२, रुकुम । रुकुमको मानव अधिकारको विषयमा नागरिक समाजले चासो व्यक्त गरेका छन् । सोमबार रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा आयोजित मानव अधिकार रक्षक तथा नागरिक समाजका प्रतिनिधीहरुको बैठकले जिल्लाको मानव अधिकारको बारेमा चासो व्यक्त गरेका हुन् ।
बैठकले १० बुद्दे ध्यानार्कषण पत्र समेत सार्वजनिक गरेका छन् । जसमा जिल्ला कारागार रुकुम पश्चिममा क्षमताभन्दा वढी कैदीबन्दी रहेको र थुनुवाहरुलाई कारगार चलान गर्नुअघि पिसिआर परिक्षण गर्नु पर्ने पहिलो बुद्दामा राखिएको छ ।
त्यस्तै स्थानीय सरकार र सरकारवाला कार्यालय मार्फत हुने बजार अनुगमनमा नागरिक समाजको उचित प्रतिनिधित्व गराउनु पर्ने, म्याद गुर्जिएका खाद्यबस्तु विक्री वितरण रोक्नु पर्ने, कर्णाली प्रदेश सरकारले यसअघि नै घोषणा गरेको सडक मानव मुक्तको विषलाई पूर्णरुपमा कार्यान्वय गर्नुपर्ने, बन्दावन्दीको बेला घरायसी रुपमा जोखिमपूर्ण काममा बालवालिका प्रयोगलाई रोक्न सरोकारवालाको ध्यानार्कषण गरेको छ । त्यस्तै सामुदायिक तथा नीजि विद्यालयहरुले विभिन्न बाहानामा शुल्क लिए नलिएको अनुगमन गर्ने र लिएको पाएमा सरोकारवाला निकायाको ध्यानार्कषण गर्ने ध्यानार्कषण पत्रमा उल्लेख गरिएको छ ।
रुकुम पश्चिमकै सदरमुकाम खंलगामा खानेपानी, विद्युत सेवा सर्वसुलभ रुपमा वितण गर्नु पर्ने, महिला हिंसा, घरेलु हिंसा, जातीय छुवाछूत तथा विभेद जस्ता गैरकानूनी कार्यलाई निरुत्साहित पार्नु पर्ने माग बैठकले राखेको छ। भने कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिएर निर्माण गरिएका क्वारेन्टाईन, आइसुुलेसनलाई मापदण्ड अनुसार व्यवस्था गर्नुपर्ने, क्वारेन्टाईन आइसुलेसनको खर्च पार्दशिता हुनुपर्ने, कोराना भाइरस संक्रमणको शंका लागेका व्यक्तिलाई विभेद रोक्न र उनीहरुमा परेको नकारात्म असरलाई मनोसामाजिक असरलाई क मगर्न आवश्यक मनोविर्मश सेवा प्रदान गर्नु ध्यानार्कषण पत्रमा उल्लेख गरिएको छ । युएसआडि र एफ.एच आई ३६० को सहयोगमा मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस रुकुम पश्चिमद्धारा सञ्चालित पारस्परिक जवाफदेहीता परियोजना, मानवअधिकार सुदृढीकरण कार्यक्रमको आयोजनामा बसेको बैठकमा बैकठमा जिल्ला स्थित मानबअधिकारकर्मी, पत्रकार र नागरिक समाजका प्रमुख तथा प्रतिनिधी सभागि रहेका थिए ।

