रुकुमका जंगलमै अल्मलियो सलह

रेखदेख संवाददाता ।
असार २२ रुकुम ।
रुकुम पश्चिमको जंगलमै सलह अल्मलिएको हुँदा सचेतना अपनाउन किसानलाई आग्रह गरिएको छ । जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमका बरिष्ठ कृषि अधिकृत राजेश साहका अनुसार ‘जंलगमा सलह अल्मलिएका र लगातार पानी परेका कारण उड्न नसकेका कारण अहिले सम्म अन्नबालिमा क्षती नपुगेपनि जुनसुकै बेला अन्नवालीमा क्षती पुग्ने हुँदा किसानहरुलाई सचेतना अपनाउन आग्रह गरिएको छ ।’
लगातार पानी नपरेको भए रुकुम पश्चिममा धेरै क्षती गर्ने थियो, बरिष्ठ कृषि अधिकृत शाहले भने, ‘पानी परेका कारण अहिले सम्म अन्नबाली जोगिएको छ ।’
सलहले जुनसुकै बेला पनि अन्न बालीमा क्षती पु¥याउने भएका कारण सचेतना अपनाउन किसानका साथै रुकुम पश्चिमका ६ वटै स्थानीय तहका कृषि शाखाहरुलाई आग्रह गरिएको बष्ठि कृषि अधिकृत साहको भनाई रहेको छ ।
सलहको झुण्ड गाउँमा प्रवेश गरेमा थाली बजाउने, दमाह बजाउनुका साथै चिच्याउनुका साथै धुँवा निकालेर लखेट्नु पर्ने जिल्ला कृषि विकास कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
सलहले रुकुम जिल्लामा फुल पार्ने र धेरै दिन अडिन सक्दैन, जंगलमा अल्मलिएको कारण सलहको झुण्ड बालिमा पस्न सक्ने भएकाले सचेतना अपनाउन आवश्यक रहेको बरिष्ठ कृषि अधिकृत साहले जानकारी दिएका छन् । असार २१ गते बाग्लुङ जिल्लाबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिममा सलह पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *