रुकुमको पहिलो दलित अधिवक्तालाई सम्मान

रेखदेख संवाददाता ।
रुकुमको पहिलो दलित अधिवक्तालाई सम्मान गरिएको छ । रुकुम पश्चिम जिल्लाकै पहिलो दलित अधिवक्ता यमकुमारी ददेललाई संयुक्त दलित अधिकार मञ्च रुकुम पश्चिमले सम्मान तथा अभिनन्दन गरेको हो । शनिवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको संयुक्त दलित अधिकार मञ्चका संयोजक दिपेन्द्र विकले जानकारी दिएका छन ।
उनले भने, यमकुमारी ददेल दलित समुदायको पहिलो अधिवक्ता हुन् । सम्मान कार्यक्रममा रुकुम जिल्लाका दलित अधिकारकर्मीहरुले फुलमाला तथा दोसल्लाले ओढाई सम्मान गरेका थिए । यमकुमारी ददेल रुकुम पश्चिमको मुसीकोट नगरपालिका १३ छिवाङ फलामेढुंगामा आमा अमृता नेपाली र बुवा स्व. तेजबहादुर ददेलको को दोस्रो सन्तानको रुपमा जन्म भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *